२४ असार २०८०, आईतवार ०७:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अमेरिकामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
२४ असार, काठमाडौं । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।
गत मङ्गलबार यही क्षेत्रमा सेसना विमान दुर्घटना हुँदा एक जना विद्यार्थी पाइलटको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । सङ्घीय उड्डयन प्रशासन तथा राष्ट्रिय यातायात सुरक्षा बोर्डद्वारा दुर्घटनाको अनुसन्धान भइरहेको छ। रासस
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply