मोरक्कोमा ७.२ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु
२३ भदौ, काठमाडौ । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ। यसबाट हालसम्म २९६ जनाको मृत्यु भइसकेको छ । अमेरिकी राज्य भूगर्भ सर्वेक्षणका अनुसार यो क्षेत्रमा १२० वर्षमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो। मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ।
सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित धेरै भिडियोहरु भाइरल भइरहेका छन्, जसमा मानिसहरु दौडिरहेको देखिन्छ । भूकम्पको केन्द्रविन्दु एटलस पर्वत नजिकैको इघिल नामक गाउँ रहेको बताइएको छ । माराकेश सहर जुन ७० किलोमिटरको दुरीमा छ।
भूकम्पको गहिराई जमिनमुनि १८.५ किलोमिटर थियो । भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी अफ्रिकामा भूकम्प एकदमै दुर्लभ हुन्छन्। यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी हजारौं मानिसको मृत्यु भएको थियो। एजेन्सी
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply