काठमाडौंका वामलाई आज सम्मान
काठमाडौं । काठमाडौं जिल्लाबाट निर्वाचित वाम गठबन्धनका उम्मेदवारहरूलाई आज सम्मान गरिने भएको छ । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटी र माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटीको संयुक्त निर्वाचन परिचालन कमिटीले काठमाडौं जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका ६ र प्रदेशसभाका १६ सदस्यहरूलाई सम्मान गर्न लागेको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आतिथ्यमा हुने कार्यक्रम सांस्कृतिक नाचगानसहितको हुने बताइएको छ । दिउँसो ठीक २ बजे सुरु हुने सो कार्यक्रममा काठमाडौं जिल्लाको प्रतिनिधिसभातर्फ निर्वाचित माधवकुमार नेपाल, कृष्ण राई, ईश्वर पोखरेल, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभातर्फ गणेश दुलाल, सानुकुमार श्रेष्ठ, मणिराम फुँयाल, रामेश्वर फुयाँल, कुसुमकुमार कार्की, नारायण सिलवाल, दीपक निरौला, केशव स्थापित, योगेन्द्रराज संग्रौला, वसन्त मानन्धर, प्रकाश श्रेष्ठ, राजेश शाक्य, अष्टलक्ष्मी शाक्य, डा. अजयक्रान्ति शाक्य, केशव पोखरेल र रमा आले निर्वाचित भएका हुन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply