केसीलाई पक्रिँदा आईजीलाई पखाला
काठमाडौं । एकछिन अघिसम्म तन्दुरुस्त रहेका नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल सर्वोच्च अदालतले लामो समयदेखि आमरण अनशन बस्दै आएका गोविन्द केसीलाई पक्रन आदेश दिएपछि अकस्मात् बिरामी भए । अदालतको अवहेलना गरेको भन्दै डा. गोविन्द केसीलाई तत्काल पक्राउ गर्न सर्वोच्चले आदेश दिनेबित्तिकै उनले गम्भीर पखाला लागेको भनेर पाँचदिने बिदा मिलाएका रहेछन् । डा. केसीलाई पक्राउ गर्दा ठुलै राजनीतिक दबाब आउने भएपछि उनले बिदा लिएको बुझिएको छ ।
आफू बिदामा बसेर दोस्रो वरीयताका एआईजी बमबहादुर भण्डारीलाई उनले कार्यभार तोकेका थिए । तत्काल प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर अदालतको आदेशअनुसार डा. केसीलाई किन पक्राउ नगरेको भन्ने प्रश्न खस्न नपाउँदै उनले जवाफ दिएछन्, ‘म त बिदामा थिएँ हजुर, पखाला लागेर हैरान भएको थिएँ ।’
कानुनी राज्यअन्तर्गत न्यायालयको आदेश कार्यान्वयन गर्न पनि डराएर बिदामा बसेका आईजीपीका कारण सिंगो प्रहरी संगठनका उच्च अधिकारीहरूले आईजीपी अर्यालको आलोचना गरेका छन् । उनको समस्यादेखि भाग्ने प्रवृत्ति रहेको हुँदा मन्त्रीहरूले पनि खुलेर विरोध गरेका थिए । तर, आफू विवादमुक्त हुन उनले चलाखी गरेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply