विमानस्थलको दमकलमा कमिसनको खेल
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणमा दमकल खरिदका लागि लाखौं रुपैयाँ कमिसनको खेल भएको छ । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र खरिद शाखाका प्रमुख कुलप्रसाद सिम्खडाको मिलेमतोमा सार्वजानिक खरिद ऐनविपरीत महँगो दरमा टेन्डर हाल्नेलाई दमकल खरिद अनुमति दिँदा कमिसनको ठूलो खेल भएको बताइन्छ । तर, त्यहाँ सबै आवश्यक मापदण्ड पु¥याएर न्यूनतम दरमा टेन्डर हाल्नेलाई नदिई महँगो दरमा हाल्ने महावीर श्री इन्टरनेसनल प्रालिलाई खरिद अनुमति दिइएको थियो । प्राधिकरणले गत आइतबार सो कम्पनीलाई खरिद आशयपत्र पनि दिइसकेको छ । तर, यसो गर्दा लाखौंको चलखेल भएको प्राधिकरण स्रोत बताउँछ । स्रोतका अनुसार धनगढी विमानस्थलका लागि आवश्यक दमकलको खरिदका लागि अनुमानित लागत १२ करोड थियो, तर त्यसमा ६२ लाख बढाइएको छ ।
दमकल खरिदमा ठूलै आर्थिक चलखेल भएको भन्दै अघिल्लो मंगलबार पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको माग गदै उजुरी पनि परेको छ । अख्तियारमा परेको उजुरीको दर्ता नं. १८०८५ रहेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply