किन रोकियो नेकपाको विधान ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रेसमा छापिसकेको विधान पार्टी सदस्यका बीचमा लैजान केही समयका लागि रोक लगाएको छ । केन्द्रीय अनुशासन आयोगसहित तीनवटा केन्द्रीय आयोगले स्वतन्त्र हैसियत र भूमिकाबारे प्रश्न उठाउनुका साथै प्रदेश र जिल्ला तहको कमिटीको संख्यामा थप छलफल आवश्यक देखिएको भन्दै नेकपाले विधान रोकेको हो । विधान र नियमावली प्रकाशनमा भइरहेको ढिलाइले तल्ला कमिटी र भ्रातृ संगठनको एकता प्रक्रिया पनि लम्बिँदै गएको छ ।
तत्कालीन एमालेको अनुशासन आयोगले महाधिवेशनबाट निर्वाचित निकायलाई एकीकृत पार्टीको केन्द्रीय कमिटीमातहत राख्न खोजेको, पदेन स्थायी समिति सदस्यको हैसियतमा रहेका आयोग अध्यक्षलाई आमन्त्रित बनाएको भन्दै विधान सच्याउन माग गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराले तत्कालीन माओवादी केन्द्रका अनुशासन आयोगका अध्यक्ष अमिक शेरचनले लिखित रूपमै संशोधनको माग गरेका हुन् ।
त्यस्तै, मंगलबार तत्कालीन एमालेको निर्वाचन आयोग र लेखा आयोगले पनि भूमिका स्वतन्त्र र स्वायत्त रहनुपर्ने तथा कटौती गरिएको आयोगको संख्या पूर्ववत् कायम गर्नुपर्ने माग गरेका छन् । पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितलाई सम्बोधन गर्दै दुवै आयोगले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । केन्द्रीय कमिटीको संख्या बढाउने तर महाधिवेशनबाट निर्वाचित निकायको संख्याचाहिँ आफूखुसी कटौती गरिएको विषयप्रति केन्द्रीय आयोगहरूको आपत्ति छ ।
त्यस्तै, प्रदेश, जिल्ला तहको कमिटीको संख्या पनि कम हुन सक्ने भन्दै एकीकरणका लागि गठित कार्यदलहरूले केही बढाउनुपर्ने दबाब दिइरहेका छन् । त्यस्तै, पार्टीको मुद्दा बोक्ने र जहिले पनि आन्दोलन र सिर्जनात्मक कामको अग्रमोर्चामा खटिने जनसंगठनका पदाधिकारीहरूलाई जिल्ला कमिटी सदस्य सोसरहको मर्यादामा राखेको भन्दै नियमावली सच्याउन दबाब दिएका छन् । जनसंगठनका पदाधिकारीहरूले महासचिव विष्णु पौडेललाई भेटेरै कम्तीमा यसअघिजस्तै पार्टीको प्रदेश कमिटी सोसरहको मर्यादाक्रम हुनुपर्ने माग गरेका छन् । यी सबै कारणले गर्दा तयार भएर पनि प्रेसमा छापिन तयार भइसकेको विधान र नियमावली रोकिएको छ । गत ३ गते बसेको स्थायी समिति बैठकमा पनि विधान र नियमावली संशोधन हुनुपर्ने माग उठेपछि सदस्यहरूलाई १५ दिनभित्र सुझाव पेस गर्न निर्देशन दिइएको थियो । सबैको सुझाव आइसकेपछि स्थायी समितिबाट पुनः पारित भएपछि मात्र विधान र नियमावली प्रकाशन गर्ने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply