जिल्ला सभापति दाहिना नभएपछि पौडेल ‘ब्याक’
काठमाडौं । गत साता हेटांैडामा सम्पन्न नेपाली कांग्रेसको जिल्ला सभापति भेलामा रामचन्द्र पौडेल समूहको तयारी नेतृत्वलाई नांगेझार पार्ने थियो । बहुसंख्यक जिलला सभापतिहरू आफ्नै पकडमा रहेको मौका पाइदा उठाउँदै पार्टी सभापति शेरबहादुर देउवाको हुर्मत लिने यो समूहको तयारी थियो । तर, भेलामा त्यस्तो भएन । योजनाविपरीत जिल्ला सभापतिहरू प्रस्तुत भइदिएपछि पौडल समूह पनि नेतृत्व परिवर्तनको चर्का कुरा छाडेर पार्टीलाई एकताबद्ध बनाउने अभियानमा सँगसँगै हिँड्ने निष्कर्षमा पुगेको छ ।
गत निर्वाचनमा पार्टीको शर्मनाक हार हुनुमा सभापति देउवाको कार्यशैली प्रमुख कारण रहेको दोष देखाउँदै भेलाबाट नेतृत्व परिर्वतनको आवाज चर्को ढंगले उठाउने पौडेल समूहको योजना थियो । केन्द्रीय कमिटीमा बहुमत नभएकाले यो आवाज जिल्ला सभापति भेलामै उठाएर देउवालाई कर्नरमा पार्ने तयारी थियो । तर, जब भेला सुरु भयो, पौडेल समूहकै सभापतिहरू पनि भिन्न तरिकारले प्रस्तुत भइदिए । उनीहरूले जे भयो भइहाल्यो, अब गुटबन्दी, झगडा गर्ने बेला होइन । यसरी जाँदा पार्टी झन् कमजोर हुन्छ, त्यसैले एकताबद्ध भएर पार्टी संगठनहरूलाई पूर्णता दिएर जानुको विकल्प छैन भन्ने सुझाव दिए । आफ्नै भनिएकाहरूले सभापति देउवालाई नै सजिलो हुने गरी सुझाव दिएपछि पौडेल अँध्यारो मुख लगाएर बसेका थिए ।
सिंह र सिटैला श्रोता मात्रै
भेलामा पौडेल समूहकै नेता प्रकाशमान सिंह र देउवा समूह त्यागेर पछिल्लो समय पौडेल समूहमा छिरेका कृष्णप्रसाद सिटौला पनि अहिले पौडेलसँग असन्तुष्ट छन् । भेला सिंह र सिटौलालाई मञ्चमा बोलाउने त कुरै पर जाओस्, दुई शब्द बोल्न पनि दिइएको थिएन । केन्द्रीय कार्यसमितिका पदाधिकारी र जिल्ला सभापतिबाहेक कसैलाई बोल्न दिइएको थिएन । केन्द्रीय अरू सबै नेताको भूमिका श्रोताका रूपमा मात्र रहेको थियो । बोल्न नपाएपछि सिटौलाले बैठकस्थलमै पौडलसामु असन्तुष्टि व्यक्त गरेका थिए । ‘हामीले तपाईंलाई बोक्ने भनेको तपाईंलाई मात्र नेता बनाउनका लागि रहेछ, ठीक छ हामी तलै बसौंला’ भन्दै उनले घुमाउरो तरिकाले असन्तोष प्रकट गरेका थिए । भेलाले आफूहरूको योजनालाई सार्थक नबनाउने छनक पाएपछि पौडेल समूहका अधिकांश नेता अन्तिमसम्म नबसी हेटांैडाबाट हिँडेका थिए । निर्णय लेख्ने बेला पौडेल समूहका कोही नभएपछि देउवालाई पनि हाइसन्चो भएको थियो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply