नेकपाको बैठक अनिश्चित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तल्ला कमिटी र जनसंगठनहरूको एकीकरण टुंगो लगाउन आगामी १८ र १९ गते बोलाएको स्थायी समिति बैठक दोस्रोपटक पनि अनिश्चित देखिएको छ ।
पार्टी विधानमा तीन महिनामा एकपटक स्थायी समिति बैठक बस्ने व्यवस्था छ । यसरी लामो अवधि राखेर स्थायी समितिको भूमिका खुम्च्याइएको भन्दै कतिपय सदस्य असन्तुष्ट छन् । यसअघि बोलाइएको स्थायी समिति बैठकमा यस्तै असन्तुष्टि पोखिन थालेपछि बैठक बीचैमा स्थगित भएको थियो । तर, ८ र ९ भदौका लागि बोलाइएको बैठक पनि १८ र १९ गतेका लागि सारियो । यसरी दोस्रोपटक सारिएको बैठक पनि अध्यक्ष प्रचण्ड नै स्वदेशमा नहुने सम्भावना देखिएकाले पुनः अनिश्चित बनेको छ ।
अध्यक्ष दाहाल १७ गते भारतको गुजरातमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेकाले पुनः दोस्रोपटक बैठक अनिश्चित बनेको हो । स्थायी समितिका लागि केन्द्रीय सचिवालयले यसअघि नै तय गरेको सरकारको कामको समीक्षामा पनि अहिलेसम्म छलफल भएको छैन । पार्टी एकीकरण नै टुंगो नलागेकाले सरकारको कामको एजेन्डा झन् ओझेलमा परेको छ । कतिपय नेताहरूले हाई कमान्डका नाममा स्थायी समितिलाई पंगु बनाउन खोजिएको टिप्पणी गर्न थालेका छन् ।
एकीकरणका लागि गठित कार्यदलहरूमध्ये अहिलेसम्म प्रदेश नम्बर ३, ४, ५, ६ र ७ ले मात्र प्रतिवेदन बुझाएका छन् । तर, प्रदेश नम्बर ५ को प्रतिवेदन विवादित बनेको छ भने ६ नम्बर प्रदेशको प्रतिवेदन अझै अपुरो रहेको बताइएको छ । उता, १ र २ नम्बर प्रदेशले भने अझै बाँडफाँट टुंग्याउन सकेका छैनन् । बिमस्टेक सम्मेलन सुरु भएकाले केन्द्रीय सचिवालयले पनि एकीकरणबारे थप गृहकार्य गर्न नभ्याएकाले अझ लम्बिने खतरा देखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply