आईजीलाई घुमाउँदै दुई निरीक्षक
काठमाडौं । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल पछिल्लो समय विवादमा आइरहेका छन् । उनलाई उनको सचिवालयकै कर्मचारीहरूले विवादमा ल्याउने गरेको बताइन्छ । पछिल्लो समय उनको सचिवालयमा कार्यरत दुई जना प्रहरी निरीक्षकले आईजी खनाललाई घुमाउने गरेको गुनासो बढेको छ ।
उनीहरूले नै सचिवालयका तर्फबाट विभिन्न सरुवा र बढुवाको प्रक्रिया अगाडि बढाउने भन्दै विभिन्न व्यक्ति तथा निकायहरूसँग रकमको मोलतोल गर्ने गरेको तथ्य पत्ता लागेको छ ।
त्यसरी आईजीपी खनालको नाम दुरुपयोग गर्ने प्रहरी निरीक्षकहरूमा केशव गौतम र गोविन्द कार्की रहेको बताइएको छ । गौतम अहिले प्रधान कार्यालयअन्तर्गत आईजी सचिवालयमा छन् । प्रहरीको लेखाअन्तर्गत बजेट धेरै हुने शाखाहरू प्रहरी परिसर काठमाडौं, त्रिभुवन विमानस्थल, कुुकुर शाखालगायतमा लेखा प्रमुख बनेर काम गरिसकेका गौतम ‘मालपानी’ आउने सेटिङ मिलाउन माहिर मानिन्छन् । उनले देशैभरीका लेखापालहरूको खटनपटनमा आर्थिक संकलन गरेर कुस्त कमाएको उनलाई चिन्नेहरू बताउँछन् । प्यूठान घर भएका उनी पहिलेदेखि नै रोजेको ठाँउमा बस्दै आएका छन् । उनको सुकेधारमा आफ्नै विशाल महल र निजी कारसमेत छ ।
यता आईजी निवासमा पीएका रूपमा कार्यरत गोविन्द कार्कीले पनि त्यसै गरी आईजी खनालको नाम बेचेर असुली धन्दा जारी राखेको बताइएको छ । लेखा समूहमा रहेर काम गरेका कार्की पनि विगतमा ट्रफिक महाशाखा, जिल्ला प्रहरी कार्यालय महोत्तरीलगायतका आकर्षक स्थानहरूमा बसेर ‘तर’ मारिसकेका छन् । काठमाडौंको बानेश्वरमा आफ्नै विशाल महल खडा गरिसकेका कार्कीले समेत निवासका गोप्य सूचना चुहाउनुका साथै आईजीका नाममा चलखेल गरेर मानिसहरूलाई दिक्क पारिरहेको बताइएको छ । उनीहरू दुवैलाई स्रोत नखुलेको सम्पत्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको तयारी गरेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply