कर्मचारीहरू झनै आक्रोशित
काठमाडौं । दुई साताअघि ल्याइएको कर्मचारी समायोजन अध्यादेशविरुद्ध कर्मचारीहरू झनै आन्दोलित भएपछि कर्मचारी समायोजन प्रक्रिया जटिल बन्दै गएको छ । उक्त अध्यादेश सच्याउनुपर्ने माग राखेर कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि समायोजन प्रक्रिया पछि धकेलिने निश्चित देखिएको छ ।
निजामती कर्मचारी संगठनहरूले कर्मचारी समायोजन अध्यादेश सच्याउन सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको छ । यस्तो अल्टिमेटम कर्मचारीहरूले तीन दिनअघि दिएका हुन् । सरकारले भने अध्यादेश पारित भएपछि कर्मचारी समायोजनका लागि सूचना निकाल्ने तयारी थालेको छ । तर, कर्मचारीहरूले आफूलाई मर्का परेको भन्दै स्थानीय र प्रदेशको कर्मचारीसम्बन्धी ऐन नआउन्जेल समायोजनको सूचना जारी गरे पनि त्यसलाई अवज्ञा गर्ने जनाएका छन् ।
सरकारले स्थानीय र प्रदेशको कर्मचारीसम्बन्धी ऐन ल्याएर आफूहरूका माग सम्बोधन गर्नुपर्ने कुरा कर्मचारीहरूले उठाउँदै आएका छन् । उक्त नयाँ ऐनमा कर्मचारीहरूको वृत्ति विकासलगायत सुविधाहरू उल्लेख हुनुपर्नेमा कर्मचारीहरूले आवाज उठाउँदै आएका छन् । तर, अध्यादेश नसच्याई र नयाँ ऐन ल्याएर आफूहरूका माग नसमेटिएसम्म समायोजनका लागि सूचना जारी गरे समायोजनका लागि फर्म नभर्ने अडान कर्मचारीहरूले लिएका छन् ।
कर्मचारी समायोजन अध्यादेश आएपछि शिक्षाका उपसचिवलगायत प्राविधिक पदका कर्मचारीहरू धेरै मर्कामा पर्ने देखिएको छ । शिक्षाका उपसचिवहरूका निम्ति प्रदेश तहमा राष्ट्रिय परीक्षा बोर्डलगायत दुईवटा मात्र कार्यालय रहेको हुँदा उनीहरूको वृत्ति विकासमा समस्या पर्ने बताइन्छ । प्रदेशमा जाने उपसचिवहरूको बढुवा नहुने भएको हुँदा अहिले शिक्षाका उपसचिवहरू समायोजन अध्यादेशविरुद्ध आक्रोशित बनेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply