ढक तराजुका नाममा पनि झ्वाम्म !
काठमाडौं । सरकारी संयन्त्रले चाह्यो भने व्यवसायीलाई कतिसम्म दुख दिन सक्छन् र कसरी पैसा झ्वाम पार्छन भन्ने कुराको उदाहरण कालिमाटीस्थित तराकारी बजारका व्यापारीमाथि गुणस्तर तथा नापतौल विभागले गरेको व्यवहार हेर्दा छर्लङ्ग हुन्छ ।
पहिले प्रयोग गर्दै आएको ढक–तराजुमा खराबी देखिएपछि केही वर्षयता कालिमाटीका थोक व्यापारीले ‘डिजिटल तराजु’ प्रयोग गरिरहेका छन् । डिजिटल तराजुलाई पुरानोभन्दा वैज्ञानिक पनि मानिन्छ । पुरानो ढक तौलमा खराबी देखिएपछि त्यसैको बहानामा व्यवसायीलाई थर्काएर पैसा झार्दै आएका कर्मचारीले डिजिटल ढकतराजु प्रयोगपछि अवैध असुलीको स्रोत सुकेको थियो । के निहुँ बनाएर पैसा झार्ने उपाय खोजिरहेका उनीहरूले अहिले फेरि व्यापारीहरूलाई पुरानै शैलीको ढक तराजु किन्न उर्दी जारी गरेको छ । अझ अचम्म त के छ भने कसैसँग पुरानो ढक तराजु छ भने त्यो राखेर पनि हुंदैन, अहिले नै किनेको प्रमाण पेश गर्नुपर्छ रे । यसबाट कमिसनको जालोले कर्मचारीतन्त्रलाई कसरी लपेटेको रहेछ भन्ने पनि प्रस्ट हुन्छ ।
विभागको उर्दीपछि कालिमाटीका करिब ६ सय थोक व्यापारीले झुन्ड्याएर तौलने ढकतराजु किनेका छन् । बजारमा निकै सस्तो पाइने ढकतराजुलाई कालिमाटीका व्यापारीहरूले औसतमा ८ हजार रुपैयाँका दरले खरिद गरेका छन् । व्यापारीहरू आधाभन्दा बढी रकम ‘पकेट खर्च असुल गरिएको’ बताउँछन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply