स्वास्थ्यको पैसामा तामाङको गिद्धेनजर
माघ २३, ओखलढुंगा । स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले कसरी नांगो खेलवाड गर्छन् भन्ने कुरा उदाहरण जिल्लाको सुनकोशी गाऊँपालिका वडा नं २ मा गरेको ब्रम्हलुटले प्रष्ट पार्छ ।
सुनकोशी गापा वडा नं २ मा स्वास्थ्य चौकी निमार्णका लागि छुट्याएको बजेट कांग्रेसका स्थानीय नेता वडा नं २ का सदस्य खिम तामाङले झ्वाम पारेका छन् । जनप्रतिनिधीसमेत रहेका तामाङले जनताको पक्षमा काम गर्नु त कता हो कता स्वास्थ्यमा जनताको पहुँचका लागि आएको पैसामा समेत गिद्धेनजर लगाएपछि एक वर्ष अघि नै बनिसक्नु पर्ने स्वास्थ्य चौकी भवनको अहिलेसम्म जगसम्म खन्ने काम भएको छैन ।
सो वडामा स्वास्थ्य चौकी भवन निर्माणका लागि दुईवर्षअघि स्वास्थ्यमन्त्रालयबाट ३ लाख ८० हजार रुपैया विनियोजन भएको थियो भने वडाले १ लाख रुपैया विनियोजन गरेको थियो । तर, तामाङले एक वर्ष अघि नै सबै (४ लाख ८० हजार) रुपैया झिकेका थिए । पैसा झिकेको १ वर्ष वित्तिसक्दा पनि भवन निर्माणको लागि सिन्को भाँच्ने सम्मको काम नभएको नेकपा सुनकोशी गापा वडा नं २ का सचिव प्रचण्ड खड्काले बताए । भवन निर्माण नहुँदा स्थानीयवासीले अझै पनि सामान्य स्वास्थ्य उपचारका लागि कठिनाइ भोग्नु परेको भन्दै उनले यथासक्य काम सुचारु गर्न आग्रह गरे । राज्यले विकासका लागि उपलब्ध गराएको पैसा जनप्रतिनिधी आफैले कुम्लाएको घटना आफूहरु टुलुटुलु हेरेर नवस्ने भन्दै खड्काले यथाशक्य काम शुरु नभए थप पहलका लागि सम्बन्धित निकाय जाने बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply