नबिल बैंकलाई नेप्सेको कारवाही
काठमाडौं । नबिल बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारावाहीमा परेको छ । बैंकीङ क्षेत्रको पायनियर दावी गर्ने अनिल केशरी शाह प्रमुख कार्यकारी प्रमुख रहेको नबिल बैंक नै नेप्सेको कारवाहीमा परेको हो । उक्त बैंकलाई नेप्सेले यही फागुन १० गते पत्र पठाई २४ घण्टे स्पष्टिकरण सोधेको हो । नेप्सेलाई उपलब्ध गराउनु पर्ने सूचना समय मै उपलब्ध नगराएको भन्दै बैंकलाई २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।
सूचिकरण विनियमावली उल्लंघन गरेपछि नबिल बैंक नेप्सेको कारबाहीमा परेका हो । सूचिकरण सम्झौता अनुसार सार्वजनिक महत्वका सूचना कम्तिमा ७ दिन अघि जानकारी गराउनुपर्नेमा किन ढिलो जानकारी गराएको भन्दै नेप्सेले जवाफ माग गरेको छ । नेप्से सूचिकरण सम्झौताको बुँदा नम्बर १० अनुसार बुक क्लोज सम्बन्धी जानकारी बुक क्लेज हुने दिनभन्दा ७ दिनअघि नै जानकारी गराउनुपर्ने भन्ने छ । गत बिहीबार बैंकले फागुन २७ गते साधारण सभा गर्नका लागि फागुन १४ गतेदेखि बुक क्लोज गर्ने सूचना निकालेको थियो । उक्त जानकारी नेप्सेमा ढिलोगरी प्राप्त भएको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्जले नबिल बैंक लिमिटेडलाई सूचना दिन समय लगाएको भन्दै स्पष्टीकरण सोधेपछि नबिल बैंकको करिअरमा दाग लागेको हो । स्टकका कामु सहायक प्रबन्धक सुबोध ढुङ्गेलका अनुसार बैंकको ३४ औँ साधारणसभा यही फागुन २७ गतेका लागि तोकिएको र धितोपत्र दर्ता बन्द यही फागुन १४ गते हुने भन्ने पत्र सात दिन पहिले पठाउनुपर्नेमा त्यस्तो नभएको पाइएको छ । ‘सात दिनभित्र जानकारी गराउनु पर्नेमा के कति कारणले सोको जानकारी ढिला भएको हो ? सो को कारण पत्र प्राप्त गरेको २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन निर्णय अनुसार अनुरोध छ ’ स्टकले बैंकलाई पत्राचार गरेको पत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply