किन खुम्चिन पुग्यो नास्ट ?
काठमाडौं । करिब आधा वर्षजति खाली रहेको नेपाल विज्ञान प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले बल्लबल्ल उपकुलपति पाएको छ । केही दिनअघि नास्टको उपकुलपतिमा डा. सुनीलबाबु श्रेष्ठले नियुक्ति पाए । नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठका भतिजा डा. श्रेष्ठले राजनीतिक आडमै जिम्मेवारी पाएको सबैले अनुमान गरेका छन् ।
तर इन्जिनियरिङ पृष्ठभूमिका युवा डा. श्रेष्ठको काँधमा नास्टको जिम्मेवारी आए पनि उनको कार्यकालमा नास्टले फड्को मार्ला त ? भन्ने प्रश्न उठ्न पुगेको छ । वैज्ञानिक क्षेत्रको अध्ययन एवं अनुसन्धानमा लामो समयदेखि सरकारी तवरबाट भूमिका खेल्दै आएको नास्ट पछिल्लो समय भने धेरै उल्झनहरूले ग्रस्त बन्दै गएको छ । वार्षिक २०–२५ करोड बजेट भए पनि त्यति रकम कार्यालय सञ्चालन, कर्मचारीहरूको तलबमा मात्र सीमित हुने गरेको छ । भएको बजेटजति प्रशासनिक खर्चमा नै जाने गरेकोले देशभित्रका वैज्ञानिकहरूलाई वैज्ञानिक अनुसन्धानमा लगाउनुपर्ने कार्यमा सो संस्थाको भूमिका खुम्चिँदै मात्र गएको छैन, गहन अनुसन्धानमूलक कार्यहरूमा झन्झन् पछि पर्दै गएको छ । खासगरी, नास्टमा अनुसन्धानका लागि पर्याप्त बजेट नछुट्ट्याइने भएकाले वैज्ञानिकहरूको बढ्दो पलायनलाई रोक्न नसकिइरहेको बताइन्छ ।
पछिल्लो समय त नास्टमा राम्रा अनुसन्धानकर्ताहरूले अनुसन्धानका लागि कुनै पहल नै गरिरहेको पाइएको छैन । कुनै पनि अनुसन्धानकर्तालाई सीमित बजेटमा गहन अनुसन्धानमा लगाउन चाहने प्रवृत्तिका कारण पनि अनुसन्धानकर्ताहरू नास्टप्रति आकर्षित नभएको बताइन्छ । साथै, अनुसन्धान गर्न चाहनेहरूले लामो प्रशासनिक झमेला पार गर्नुपर्ने भएको हुँदा पनि आकर्षित नभएको बताइन्छ । त्यही कारण अधिकांश वैज्ञानिकहरू नास्टको ढोका टेक्नै चाहँदैनन् । नास्टले पनि देशका वैज्ञानिकहरूलाई राम्रो अवसर र सुविधा दिने हेतुले कुनै कार्यक्रम ल्याउन नसक्दा अधिकांश वैज्ञानिकहरू विदेश पलायन हुने क्रम बढ्दै गइरहेको बताइन्छ ।
बाहिरका प्रतिभाहरूलाई अनुसन्धानको क्षेत्रमा लगानी गर्ने विषयमा नास्टको भूमिका कमजोर बन्दै गइरहेको त छ नै, नास्टमै आबद्ध वैज्ञानिकहरूलाई पनि पर्याप्त सुविधा दिएर अनुसन्धानको काममा लगाउन सकिरहेको छैन । अहिले नास्टमा उपकुलपति, सदस्य–सचिवसहित ३८ जनाजति प्राज्ञ र १०–१२ जना सहप्राज्ञ छन् । प्राज्ञ र सहप्राज्ञहरूको भूमिका पनि प्रभावकारी नदेखिएको बताइन्छ । साथै, नास्टका कार्यरत अधिकांश कर्मचारीहरू लामो समयदेखि अस्थायी रूपमै काम गरिरहेका छन् भने कतिपय कर्मचारीको भने पदोन्नति र वृत्तिविकासमा सो संस्थाले त्यति ध्यान दिइरहेको छैन । कतिपय वैज्ञानिकहरू त नास्टले देखाएको उपेक्षाका कारण पनि पलायन हुने क्रम बढ्दो रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply