जुत्तामेलामा ग्राहक ठगिँदै
काठमाडौं । भृकुटीमण्डपमा भइरहेको जुत्ताहरूको महाकुम्भ मेलामा व्यापक ठगी भएको छ । ठगी भएको भन्दै सयौं उपभोक्ताहरू गुनासो गर्दै हिँडेका छन् । जुत्ताहरूको महाकुम्भ मेलामा जुत्ता किनेपछि वारेन्टी बिल पाए पनि त्यसमा दिएको बिलमा गलत फोन नम्बर राख्ने गरिएको भेटिएको छ ।
‘नेपाली जुत्ताचप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौं’ भन्ने नाराका साथ भृकुटीमण्डपमा ‘महासेल महाकुम्भ जुत्ता मेला’ आयोजना गर्ने गरिए पनि अधिकांश जुत्ताहरू ड्यामेज र नबिकेका वर्षौं पुराना जुत्ताहरू भएको बुझिएको छ । केही नयाँ जुत्ता अगाडि देखाएर राखेर सो प्रदर्शनमार्फत राखिएका केही जुत्ता कम्पनीहरूले भने ग्राहकलाई झुक्याइरहेको पाइएको छ ।
मेलामा जाने ग्राहकलाई ‘६ महिनाको वारेन्टी, ‘नेपाली ब्रान्डका सामान हुन्, हाम्रो आफ्नै उत्पादन हो’ आदि चिल्ला कुरा गरेर ग्राहकलाई जुत्ता–चप्पल किन्न आकर्षित गर्ने गरिएको पाइएको छ । तर, ग्राहकले किनेको जुत्ता चप्पलको न कुनै वारेन्टी हुन्छ, न त बिक्रेताले भने जस्तो ग्राहकले सुविधा नै पाउँछन् । एक ग्राहकले वेलकम सुज स्टोर्सको जुत्ता १७ सय तिरेर खरिद गरेका थिए । जसमा ६ महिनाको वारेन्टी पनि भनिएको थियो ।
तर, ती ग्राहकका केही दिनमा नै लाउन नमिल्ने गरी सोल खुस्कियो । बिल बोकेर भृकुटीमण्डपमा मेला लागेको ठाउँमा गुनासो गरे । मेलामा रहेका बिक्रेताले बिलमा भएको फोन नम्बरमा फोन गरेर ल्याइदिनुहोला, हामी बनाइदिन्छौ भनेर फर्काइदिए । तर, उक्त फोन नम्बरमा कहिल्यै फोन नलाग्ने पीडितको गुनासो छ । चैत महिनाभरि लाग्ने सो ‘महासेल महाकुम्भ जुत्ता मेला’ आठवटा जुत्ता कम्पनी आफ्ना उत्पादनहरू बिक्री वितरणमा राखेका छन् । त्यसमध्ये वेलकम सुज स्टोर्सले भने ग्राहकलाई वारेन्टी दिने नाममा दुःख दिने गरेको छ । वेलकम सुजको काठमाडौंको पुतलीसडकसहित केही स्थानमा र देशका अन्य ठाउँमा पनि शाखा रहेको छ । स्वाभाविकै रूपमा स्वदेश उत्पादन प्रयोग गर्नुपर्छ । त्यही भएर पनि भृकुटीमण्डपमा मेला लाग्दा भीड लाग्ने गर्छ । तर, यस प्रकारको हेल्चेक्र्याइँले भने नेपाली उत्पादनसँग विश्वास घट्दै गइरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply