हाटा गर्नेलाई त्रिपाठीको लौरो
काठमाडौं । जिम्मेवारी सम्हालेलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी ‘हाजिर गरेर टाप कस्ने’ कर्मचारीहरूमाथि खनिएका छन् । पछिल्लो समय लोकसेवाको तयारीमा जुटेका कर्मचारीहरू कार्यालयमा हाजिर गरेर परीक्षाको तयारीका लागि भन्दै हिँड्न थालेपछि मन्त्री त्रिपाठीको आँखा त्यता परेको हो ।
सोमबार मन्त्री त्रिपाठीलाई बधाई दिन पुगेका नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीहरूसामु मन्त्री त्रिपाठीले भने, ‘लोकसेवाको परीक्षा दिने बहानामा कार्यालय छाडेर नहिँड्नुस् । हाजिर गरेर कार्यालय छाडेको थाहा पाएँ भने कारबाही गर्छु ।’ अहिले लोकसेवाले करिब ४ हजार शाखा अधिकृत मागेको हुँदा अधिकांश कर्मचारी मन्त्रालयमा हाजिर गरेर लोकसेवाको तयारीका लागि भनेर बस्न थालेका छन् । ठूलो संख्यामा कर्मचारीहरू मन्त्रालयमा अनुपस्थित हुँदा कामकारबाही नै प्रभावित बन्न थालेपछि मन्त्री त्रिपाठीले कर्मचारीहरूलाई त्यस्तो चेतावनी दिएको बताइन्छ । यसअघि पनि स्थानीय तहमा करिब १० हजारजति कर्मचारीको माग हुँदा लोकसेवाको तयारी गर्ने भन्दै कर्मचारीहरू कार्यालयमा नआउने समस्या देखिएको थियो ।
मन्त्री त्रिपाठीसामु कर्मचारीहरूले समायोजनका क्रममा मर्कामा परेका स्वास्थ्यका कर्मचारीहरूको समस्या समाधान गर्न पनि सुझाव दिएका थिए । स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब २७ हजार कर्मचारीमध्ये अहिले पनि १० हजारजति कर्मचारीको समायोजनको समस्या हल भइसकेको छैन । स्वास्थ्यका कतिपय वरिष्ठ कर्मचारीहरू कनिष्ठको मातहत रहनुपर्ने समस्या अझै पनि यथावत छ ।
यसरी नै विचाराधीन अवस्थामा रहेको संघीय कर्मचारी ऐनबारे पनि मन्त्री त्रिपाठीलाई अवगत गराइएको थियो । कर्मचारीहरूले सो ऐनका ४८ वटा बुँदामा असहमति जनाउँदै आएका छन् । ४८ बुँदा कर्मचारीको हक, हितविपरीत रहेको भन्दै कर्मचारीहरूले असहमति जनाउँदै आएका हुन् । ती बुँदाहरूमाथि सोचविचार गरिनुपर्ने कुरा उनीहरूले उठाउँदै आएका छन् । कर्मचारीहरूले मन्त्रालयभित्र देखिएका समस्याहरूबारे कुरा उठाएपछि मन्त्री त्रिपाठीले ‘म भर्खर नियुक्त भएको छु, मलाई अध्ययन गर्न ८÷१० दिन समय दिनुस्’ भनेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply