कोरोना नजाँची पठाउँछन् टेकुका कर्मचारी
काठमाडौं । सरकारले कुनै पनि जाँचपडतालमा नेपालमा अहिलेसम्म कोरोनाको भाइरस नेगेटिभ देखिएको अर्थात् अहिलेसम्म कसैलाई कारोना नलागेको बताइरहेको छ । तर, सीमित स्रोतसाधनका बीच हो वा कर्मचारीहरूमा संकटका बेला इमानदार भएर काम गरौं भन्ने भावना नभएर हो, यसको जाँचका लागि जाने बिरामीहरुलाई भने हदै लापरबाही गरेर यत्तिकै नजाँची पठाउने गरेको पाइन्छ ।
शुक्रराज ट्रपिकल सरुवारोग नियन्त्रण अस्पताल तथा इपिडियोमोलोज महाशाखाका लागि मन्त्रालयले जुनसुकै सरुवा रोगका लागि करोडौं बजेट छुट्ट्याउने गर्छ । यही कोरोनाको हल्ला चल्न थालेपछि पनि पटक–पटक बैठक गरेर योजना पेस गर्दै बजेट पचाउन थालिएको छ । तर, जुन उद्देश्यका लागि बजेट छुट्ट्याएर आवश्यक प्रबन्ध गरिएको छ, त्यो प्रबन्धअनुसार काम हुन सकेको पाँइदैन ।
डा. अनुप बास्तोलाले सो केन्द्रको कमान्ड सम्हालेका छन् । तर, तिनको व्यवस्थापन हे¥यो भने भद्रगोल रहेको बताइन्छ । दुई दिनको बीचका कोरोना भाइरसको अशांका लागेर पुगेका दुईजना बिरामीलाई केही जाँचबुझ नै नगरीकन तलैका कर्मचारीहरुले सामान्य सोधपुछ गरी उसै फर्काएबाट हाम्रा कर्मचारी कति जिम्मेवार रहेछन् र सरकार कत्तिको गम्भीर भएर लागेको रहेछ भन्ने स्पष्ट भएको छ ।
वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले हेर्दै आएका पुराना केही बिरामीको उदाहरण लिन सकिन्छ । १२ दिनअघि दुबईमा एक विवाहका लागि गएका व्यक्ति नेपाल फर्किएर रुघाखोकी लाग्ने, टाउको दुख्ने भएपछि डा. दीक्षितकै सल्लाहअनुसार टेकु पुगेका रहेछन् । त्यहाँ उनीहरुले सामान्य सोधपुछ गरेर अहिले जाँच गर्नुपर्दैन, केही समस्या छैन भनेर हचुवाका भरमा आश्वस्त पारेर पठाइदिएछन् । यदि विदेशबाट ती व्यक्तिलाई कोरोना सरेर आएको रहेछ भने उनले अरूलाई संक्रमण फैलाएर महामारी फैलिए को जवाफदेही बन्ने भन्ने प्रश्न गम्भीर भएको छ । यो लापरबाहीको हद भएको डा. दीक्षित बताउँछन् । त्यस्तै अर्को पनि उदाहरण उनले दिएका छन् । उनको पुरानो र नियमित एक बिरामी उनीकहाँ आएका रहेछन् । सम्भावित कोरोनाको लक्षण देखिएपछि ती व्यक्तिलाई पनि डा. दीक्षितले केन्द्रका प्रमुख डा. अनुप बास्तोलासँग आफैंले कुरा गरेर सम्भव भए क्वारेन्टाइनमा राख्न र नभए पनि जाँच गरेर पठाउन भनेछन् । केही हप्ताअघि भारत र इटालीका विशेषज्ञहरूसहित नेपालमा सेमिनार सम्पन्न गरेका ती व्यक्ति आफ्ना साथीहरु स्वदेश फिर्ता भइसकेपछि रुघाखोकी र ज्वरोले शिथिल भएर डा. दीक्षितकहाँ पुगेका रहेछन् । ती व्यक्तिलाई पनि टेकुका कर्मचारीहरूले यत्तिका दिनसम्म केही नभएपछि अब केही हुन्न, जानुस् भनेर उसै फिर्ता पठाएको बताइएको छ । यस्तो लापरबाही गर्ने, आएका व्यक्तिलाई झनै संशय पैदा गरेर फर्काउने कार्य गलत भएको डा. दीक्षितको भनाइ छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply