शिक्षाको अकर्मण्यताले परीक्षार्थीहरूमा तनाव
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले कुनै निर्णय नगर्दा कक्षा १२ को परीक्षा अन्योलग्रस्त बन्न पुगेको छ । मन्त्री, सचिव र मन्त्रालयका उच्च तहका कर्मचारीहरू अकर्मण्यताको सिकार हुँदा लाखौं विद्यार्थी तनावमा छन् ।
करिब एक महिनाअगाडि नै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका सम्बन्धमा प्रस्ताव तयार पारेर मन्त्रालयमा पठाएको थियो । तर, प्रस्ताव पठाइएको लामो समय गुज्रिसक्दा पनि मन्त्रालय बेखवरजस्तै भएको छ । बोर्डको प्रस्तावउपर मन्त्रालयले किन मौनता साँधिरहेको छ ? यो रहस्यको विषय बनेको छ ।
बोर्डले कक्षा १२ को परीक्षाको सम्बन्धमा मूलतः २ वटा प्रस्ताव पठाएको थियो । त्यसमा पहिलो, विद्यार्थीहरूले घरमै बसेर परीक्षा दिन पाइने भन्ने थियो । दोस्रो प्रस्ताव चाहिँ, ५० प्रतिशत प्राप्तांक कक्षा ११ को नतिजालाई मान्ने र बाँकी ५० प्रतिशत चाहिँ परीक्षाकै आधारमा गर्ने भन्ने थियो । परीक्षा गर्दा परीक्षा केन्द्र तोकेर भौतिक दूरी कायम गर्ने भन्ने रहेको थियो । तर, यी प्रस्ताव मन्त्रालयमा थन्किएर बसेको छ ।
मन्त्रालयले कुनै निर्णय नलिँदा बोर्डका कर्मचारीहरू पनि आफ्नो प्रस्तावलाई किन मन्त्रालयले स्वीकार गरिरहेको छैन भनेर अन्योलमा परेका छन् । कक्षा १२ को परीक्षा गराउनेतिर मन्त्रालयको चालचुल नदेखिँदा बोर्डका कर्मचारीहरू चकित पर्नु स्वाभाविकै रहेको बताइन्छ ।
कक्षा १२ को परीक्षा गएको वैशाख महिनामै हुनुपथ्र्यो । तर, कोभिड–१९ को महामारीको त्रास फैलिएसँगै २०७६ चैत ११ गतेदेखि लकडाउन सुरु भयो । लकडाउन सुरु भएपछि सबै परीक्षा रोकिए । तर, लकडाउनको बीचमा एसइईको नतिजा भने सार्वजनिक भइसकेको छ । एसइईको परीक्षा दिन नपाएका विद्यार्थीहरू आन्तरिक नतिजाकै आधारमा ग्रेड पाएर उत्तीर्ण भइसकेका छन् । कक्षा ११ को परीक्षा पनि सम्बन्धित विद्यालयले अधिकार पाएर लिइसकेका छन् । तर, कक्षा १२ को भने ६ महिना बित्न लागिसक्दा पनि कुनै निर्णय हुन सकेको छैन ।
परीक्षा अन्योलमा रहेपछि अहिले कक्षा १२ का करिब ५ लाख परीक्षार्थी अन्योल र तनावमा छन् । कक्षा १२ को परीक्षा हुन्छ कि हुँदैन ? भनेर ती परिक्षार्थीहरूमा तनाव देखिनु स्वाभाविकै हो । परीक्षार्थीका साथै उनीहरूका अभिभावकहरूले पनि तनाव झेल्नुपरिरहेको छ । बोर्डको प्रस्तावलाई आधार मानेर मन्त्रालयलाई निर्णय गर्न कतैबाट रोकतोक नभए पनि किन मन्त्रालयले यो विषयमा चासो दिइरहेको छैन ? भन्ने प्रश्न उब्जिएको छ ।
One response to “शिक्षाको अकर्मण्यताले परीक्षार्थीहरूमा तनाव”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
sarkar le class 12 ko exam lai lock down khukulo gareko sangai lin sakintho. Students haru tanaw ma chhan. Tini haru ke garne bhanne anyol ma chhan. Sarkar jimmebar hun jaruri dekhinchha.