केन्द्रीय कमिटीतिर ध्यान
काठमाडौं । पार्टीभित्र अन्तरसंघर्ष चर्किएका बेला छिनोफानोका लागि बोलाइएको बैठकहरूतर्फ नेकपा पंक्तिको ध्यान मोडिएको छ । प्रधानमन्त्री केपी ओलीले बेग्लै राजनीतिक प्रतिवेदन ल्याउने बताएपछि गत ३ मंसिरमा बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले १३ गतेका लागि सचिवालय बैठक बोलाएको छ । बैठकमा प्रधानमन्त्री ओलीको प्रतिवेदन, यसअघि २८ कात्तिकमा कार्यकारी अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रस्ताव, दुईतर्फी रूपमा लेखिएका पत्रहरूबारे छलफल गर्ने भनिएको छ । सचिवालय बैठकमा अलग–अलग प्रतिवेदनमाथि जमेर छलफल हुने भएकाले पनि यसअघिभन्दा भिन्न रूपमा नेकपाका बैठकहरूको प्रतीक्षा गरिएको छ ।
सचिवालयलगत्तै नेकपाले १८ मंसिरमा स्थायी समिति बैठक र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । सचिवालयमा अहिले चर्किएको विवाद समाधान नभए स्थायी समिति र केन्द्रीय कमिटीसम्म ओली र प्रचण्डको अलग–अलग प्रतिवेदन जाने निश्चित देखिएकाले नेकपाका नेताहरू बहुमत र अल्पमततिर कित्ताकाट हुने सम्भावना छ । जबकि, पार्टी विधानमा निर्णय प्रक्रिया सहमतिमा गर्ने भनिए पनि यसअघि वरिष्ठ नेता माधवकुमार नेपालको नोट अफ डिसेन्ट हुँदाहुँदै तीनपल्टसम्म बहुमतबाट निर्णय गरिएकाले नेकपाको पछिल्लो विवाद बहुमतबाटै छिनोफानो गर्ने बाटो खुलेको छ । किनभने, नेकपाको अन्तरिम विधानको धारा–६० मा निर्णय प्रक्रियामा सर्वसम्मति नभए बहुमतीय प्रक्रियाबाट निर्णय हुने उल्लेख छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply