मन्त्रीको लोभ देखाउँदै तान्दै
काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र राजनीतिक मूल्य र मान्यताविपरीत रहेको भन्दै उक्त मन्त्रिपरिषद्का सातजना मन्त्रीले गत आइतबार नै सामूहिक राजीनामा दिएका छन् । उनीहरूको राजीनामापछि सात मन्त्रालय अहिले नेतृत्वविहीन भएका छन् । तर, प्रधानमन्त्री ओलीले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्ने बुझिएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय र खानेपानीमन्त्री बिना मगरले राजीनामा दिएपछि नेतृत्वविहीन बन्न पुगेका ती मन्त्रालयलाई नेता किन्ने अस्त्रका रूपमा प्रयोग गर्ने रणनीति बालुवाटारले लिएको बुझिएको छ ।
ओलीको कदम चित्त नबुझ्दानबुझ्दै पनि कतिपय नेताहरू मन्त्रीको आशामा उक्त समूहमा लागेका छन् । टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायत नेता मात्र होइनन्, साबिक एमालेमा माधव नेपाल समूहमा रहेका कतिपय नेता पनि ओली समूहको भेलामा सहभागी भएका छन् । अहिल्यै मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्री नपाउनेहरूले आफ्नो समूह छाडेर जाने बुझेका प्रधानमन्त्री ओलीले केही दिनसम्म धेरैलाई मन्त्री पद बाँडिरहने बुझिएको छ ।
ती मन्त्रालय नेतृत्वविहीन बन्दा राष्ट्रिय गौरवका आयोजनासमेत अलपत्र परेका छन् । गौरवका अधिकांश आयोजना पर्यटन र ऊर्जाअन्तर्गत नै पर्छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply