प्रहरीमा बढुवाको रन्को
काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजीमा बढुवाका लागि सिफारिस भएसँगै अन्य पदहरूमा पनि बढुवाका लागि बाटो खुलेको छ ।
नौजना एसएसपी सोमबार डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा बसेको डीआईजी बढुवा समितिको बैठकले उनीहरूलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा हुनेमा गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, राजेश कुमारलाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्द आचार्य छन् ।
त्यसमध्ये सातजना त वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची छन् । एसएसपी पूजा सिंहलाई भने यो बढुवामा छुटाइएको छ । दिवेश लोहनीजस्ता अनुसन्धानमा काबिल तर बीचमा षड्यन्त्रका कारण कोपभाजनमा परेका व्यक्तिहरूले पनि यसपटक न्याय पाएका छन् । मुद्दाको अन्तिम सफाइ नपाइसके पनि साधारण तारेखमा रिहा भएसँगै लोहनीलाई बढुवाको बाटो खुलेको हो । बढुवाको बाटो खुलेसँगै बहालवाला एसपीहरू एसएसपीको दौडधुपमा छन् । २०७७ वैशाखमा एसएसपी हुन छुटेकाहरू योपटकको प्राथमिकता पर्ने बताइएको छ । त्यो बेला एसपी विष्णुकुमार केसी, वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंहलगायतलाई बढुवामा सिफारिस गर्ने निर्णय गरेको छ । बढुवा सिफारिसमा पर्नेहरूमा किरण राणा, मुकेशकुमार सिंह, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, नवराज भट्ट, लालमणि आचार्य, हृदय थापा, राजकुमार वैदवार चन्द्रकुवेर खापुङ एसएसपीमा बढुवा भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply