उपचारका लागि प्रचण्ड पत्नी सीतालाई मुम्बई लगियो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
केही दिनयता सीताको स्वास्थ्यमा समस्या बढ्दै गएपछि थप उपचारका लागि सीतालाई सोमबार दिल्ली हुँदै मुम्बई लगिएको हो । पत्नीको उपचारको सिलसिलामा अध्यक्ष प्रचण्ड पनि साथमै मुम्बई प्रस्थान गरेका छन् । त्यस्तै, पुत्रीहरू रेणु र गंगा पनि साथमै छन् । दिल्ली उत्रिएपछि सीतालाई उपचारका लागि मुम्बई लगिने प्रचण्डको सचिवालयले जनाएको छ ।
‘अध्यक्ष कमरेड पनि उपचारको सिलसिलामा साथमै रहनुहुनेछ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले भने । सीताको स्वास्थ्यमा समस्या आएपछि गत बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । एक दिनको उपचारपछि निवासमै आराम गरिरहेकी सीताको थप उपचार जापनी प्रविधिबाट मुम्बईमा हुनेछ ।
पार्किन्सन, पिएसपीलगायत रोगबाट प्रताडित सीताको यसअघि अमेरिका, थाइल्यान्ड र दिल्लीमा गरिएको थियो । यसपटक भने चिकित्सकहरूको सुझावअनुसार मुम्बईमा गरिने जनाइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply