२९ माघको विरोधसभामा लाखौं उतार्ने तयारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्ध लाखौं जनसहभागितामा काठमाडौंमा विरोध प्रदर्शन गर्ने तयारी अघि बढाएको छ । १४ पुस र ९ माघमा दुई पटक बृहत् प्रदर्शन गरेको नेकपाले विराटनगर, बुटवल र धनगढीमा दसौं हजारको सहभागितामा विरोधसभा सम्पन्न गरेको छ । काठमाडौंको पछिल्लो प्रदर्शनमा लाखभन्दा बढीको सहभागितामा विरोधसभा सम्पन्न भएको थियो । तर, २९ माघमा आयोजना गरिने विरोधसभामा भने कम्तीमा ३ लाख जनसमुदाय उतार्नेगरी नेकपाको केन्द्रीय संघर्ष समितिले तयारी गरेको छ ।
विरोध कार्यक्रमको तयारीलाई तीव्रता दिन नेकपाको केन्द्रीय संघर्ष समितिका तर्फबाट मंगलबारबाट नियमित रुपमा फेस बुक लाइभ सुरु भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोध कार्यक्रमको तयारीबारे पार्टीको आधिकारिक पेज नेपाल कम्युनिस्ट पार्टीको फेसबुक लाइभमार्फत आम जनसमुदायलाई जानकारी गराएका छन् ।
श्रेष्ठले प्रतिगमनविरुद्ध अझ बढी थप संघर्षका कार्यक्रम र संयुक्त संघर्षका लागि विभिन्न पार्टीसँग वार्ता गरिरहेको बताएका छन् । उनले संयुक्त संघर्षको पूर्वअभ्यासको सिलसिलामा प्रतिगमनविरोधी संघर्षका सबै कार्यक्रमसँग समन्वय गर्दै पार्टी अघि बढिरहेको पनि जानकारी दिए । पछिल्लोपटक सञ्चालित नागरिक आन्दोलनको उच्च प्रशंसा गर्दै उनले उनीहरूको आन्दोलनसँग पनि पार्टीले समन्वय गर्दै अघि बढ्ने कोसिस गरिरहेको बताए ।
त्यस्तै, नागरिक आन्दोलनमाथि भएको बर्बर सरकारी दमनको भत्र्सना गर्दै उनले विचार स्वतन्त्रालाई निरंकुशताको डन्डाले कुनै हालतमा कमजोर बनाउन नसक्ने चेतावनी दिएका छन् ।
पछिल्लो आन्दोलनमा जनसहभागिता बढ्दै गएको र त्यसबाट पार्टी उत्साहित भएको बताउँदै उनले २९ माघमा काठमाडौंमा हुने विरोधसभालाई अहिलेसम्मकै ठूलो बनाउनेगरी लाखौं जनसमुदायलाई सकडमा उतार्ने जानकारी दिए । विरोधसभालाई सानदार रूपमा सफल पार्न सक्रिय सहभागिता जनाउन श्रेष्ठले आम जनतालाई अपिल पनि गरे ।
विरोधसभाहरूमा जनसहभागिता बढेको देखेर अत्तालिएको सरकारले राज्यका संवैधानिक अंगहरूलाई समेत दुरुपयोग गर्ने कोसिस गरेको भन्दै उनले निष्पक्ष र स्वतन्त्र ढंगले कार्यसम्पादन गरे संवैधानिक अंग र सरकारी निकायका पदाधिकारी तथा कर्मचारीहरूको सुरक्षाको प्रबन्ध जनताले गर्ने बताए । २९ माघको विरोध प्रदर्शनको तयारीको सिलसिलामा नेकपाले २२ माघमा काठमाडौंमा युवाहरूको मार्च प्रदर्शन गर्ने तयारी गरेको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply