कोरा व्यक्तिलाई बिमाको ताला–चाबी
काठमाडौं । बिमा क्षेत्रको खासै अनुभव नभएका कोरा मानिसलाई बिमा समितिको अध्यक्षमा नियुक्त गरिएको छ । केही दिनपूर्व मात्रै पूर्वगृह सचिव सूर्यप्रसाद सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।
अवकाश पाएपछि कुनै न कुनै नियुक्ति ताक्ने अधिकांश पूर्वप्रशासकहरूजस्तै पूर्वगृह सचिव सिलवालले पनि नियुक्तिका लागि दौडधुप गरेका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आँखा लगाएका थिए । तर, आयोगको सदस्यका लागि पहल गरे पनि उनी सिफारिसमा पर्न सकेनन् । आयोगमा नपरेको बदलामा उनलाई अहिले सरकारले बिमा समितिको अध्यक्षमा नियुक्त गरेको बुझिएको छ ।
तर, बिमाको अध्यक्षमा नियुक्त भए पनि उनी बिमा क्षेत्रका अनुभवी व्यक्ति भने होइनन् । उनलाई बिमा ऐनविपरीत सरकारले नियुक्त गरेको छ । बिमा ऐन, २०४९ मा बिमाको अध्यक्ष हुन इन्स्योरेन्ससम्बन्धी ज्ञान भएको व्यक्ति हुनुपर्ने प्रस्ट रूपमा उल्लेख गरिएको छ । तर, सिलवालमा भने बिमासम्बन्धी कुनै ज्ञान नभएको बताइन्छ ।
यसअघि बिमाको अध्यक्षमा चिरञ्जीवी चापागार्इंलाई नियुक्त गरिँदा बिमा ऐनविपरीत नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दाको फैसला हुन लामो समय लागेको हुँदा उनले आधाजति अवधि काम गरिसकेका थिए । आधा अवधि काम गरिसकेको हुँदा तत्कालीन समयमा अदालतले फैसला गर्दै ‘आगामी दिनमा नियुक्ति गर्दा ऐनलाई टेकेर मात्रै नियुक्ति गर्नुहोला’ भनिएको थियो ।
सर्वोच्चले पूर्वअध्यक्ष चापागार्इंको विषयमा गरेको फैसलाको नजिर हुँदाहुँदै अहिले बिमासम्बन्धी कुनै ज्ञान नै नभएको सिलवाललाई नियुक्ति गरिएको छ । यो नियुक्तिले अनुभव नै नभए पनि सरकारको आशीर्वाद रह्यो भने जस्तोसुकै मानिसले पनि जस्तोसुकै क्षेत्रको जिम्मेवारी पाउँछन् भन्ने पुष्टि गरेको छ । बिमा क्षेत्रका एकसे एक मानिसहरू अध्यक्ष बन्न योग्य हुँदाहुँदै सिलवाललाई नियुक्त गरिनु रहस्यमय बन्न पुगेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply