समितिको गाडी लिएर नैतिकताको भाषण
काठमाडौं । संसद् विघटन भएसँगै प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिसमेत स्वतः विघटित भए पनि पूर्वसभापतिहरूले अझै सुविधाको सवारीसाधन फिर्ता गरेका छैनन् । मकवानपुरको क्षेत्र १ बाट निर्वाचित सांसद कृष्ण दाहालले समितिको गाडी दौडाएर पार्टी नेताहरूविरुद्ध गाली गरिरहेका छन् । आफूलाई नैतिक नेता भनेर आदर्शवादी देखाउन चाहने अर्थ समितिका सभापति दाहालले संसद् सचिवालयमा फिर्ता गर्नुपर्ने गाडी मकवानपुरको गाउँगाउँमा कुदाइरहेका छन् ।
संसद् विघटनसँगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिको सुविधा पनि खोसिएको छ । तर, सचिवालयले उपलब्ध गराएको सवारीसाधन भने सभापतिहरूले अझै फिर्ता गरेका छैनन् । सरकारले प्रतिनिधिसभा विघटन गरेको डेढ महिना पुग्दा पनि गाडी फिर्ता नगर्ने विघटित सांसद दाहालको गाडी जनताले खोस्ने चेतावनी दिइसकेका छन् ।
प्रतिनिधिसभा विघटनसँगै प्रतिनिधिसभाका सांसदहरूको सांसदका हैसियतले सरकारले उपलब्ध गराउँदै आएका सेवा सुविधा खोसिएका छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै आफ्नो भएभरको सुविधा खोसिने डरले यो संविधानअनुसार संसद् भंग गर्न मिल्दैन भनेर केही मिडियामा सत्य बोलेका उनी केही दिनपछि मात्रै ओली पक्षमा खुलेका थिए । उनले आफूले काम देखाउन मकवानपुर जिल्ला घर भई काठमाडौंमा बसेका केही युवाको भेलासमेत आयोजना गरेर गाउँमा गएर टोलीसहित प्रतिगमन सही भन्ने निष्कर्ष निकाल्दै मकवानपुर छिरेका थिए । अखिलका महेश बर्तौलासहितका युवाहरू लिएर मकवानपुर छिरेका उनी सोही गाडी चढेर नैतिकताको पाठ पढाइरहेका छन् । जुन कुराले उनलाई नै गिज्याइरहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply