किन एक्कासि रुकुम पुगे प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम गएका छन्।
जनआन्दोलन दिवस चैत २४को अवसर पारेर मंगलबार दिउँसो रुकुमको खलंगमा आयोजित सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुकुम गएको उनको सचिवालयले जनाएको छ।
‘जनआन्दोलन दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्नका लागि अध्यक्षज्यू रुकुम जानुभएको हो’, सचिवालयका एक सदस्यले भने।
तत्कालीन माओवादी जनयुद्धको आधार इलाका रहेको रुकुममा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवरस पारेर कार्यक्रम गर्न लागेको हो।
नयाँ सत्ता समीकरणको तयारीकै बीच प्रचण्ड रुकुम पुगेका हुन्। उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ।
सभालाई माओवादी केन्द्रका नेता जनार्दन शर्मा लगायतका नेताहरुले पनि सम्बोधन गर्न बताइएको छ। कार्यक्रमका लागि नेता शर्मा केही दिन अघिदेखिनै रुकुम पुगेका थिए।
नेता शर्माले मंगलबार बिहान जनयुद्धका सहिद नरेन्द्र बुढाको सालिक समेत अनावरण गरेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply