एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा
१० असोज, काठमाडौं । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए ।
विगत केही समयदेखि संस्थाको गरिमा खस्किएको भन्दै उनले आफू अध्यक्ष भए गरिमा बढाउने बताए । उनले अघि भनेका छन्, ‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो हिजो आज बढ्दै गएको छ । त्यसैले आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउने नदिने प्रतिवद्धता व्यक्त गर्छु ।
उनले कसै पनि दोष लगाउन नचाहेको, तर संघको नेतृत्व तहका केही जिम्मेवार व्यक्तिले संस्थालाई व्यक्तिगत स्वार्थ अनुरुप प्रयोग गरेको आरोप लगाए । यसले संस्थाको शाख गिरेको भन्दै अध्यक्षका उम्मेदवार आचार्यले भने, सदस्यता र डेलिगेटसम्बन्धी विवादका कारण निर्धारित समयमा महाधिवेशन नहुने हो कि भन्ने आशंका बढेको छ ।
विवादको विधान सम्वत समाधान खोजेर निर्धारित मितिमा स्वतन्त्र, धाँधलीरहित निर्वाचन गर्नेमा उनले जोड दिए । साथै आर्थिक अनियमिताबारे छानविन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अन्तराष्ट्रिय समन्वय परिषदसँग माग समेत गरेका छन् ।
उनले संघको पञ्जिकृत सदस्यहरुको संख्या ५ लाख पुर्याउने आफ्नो लक्ष्य रहेको बताए । संविधानले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै आचार्यले भने, ‘गैरआवासीय नेपाली नागरिकता, पासपोर्ट र नेपालमा रहेको पैत्रिक सम्पत्तिको सुरक्षाको प्रत्याभूति हाम्रो प्रमुख माग हो । सरकार, संसद र राजनीतिक दलहरुसँग सम्वाद गरी यो समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply