ओली आज आउँदै
काठमाडौं । एमाले संसदीय दलका नेता केपी ओली स्वास्थ्य उपचार गरेर ४५ दिनपछि आज स्वदेश फर्किंदै हुनुहुन्छ । अपराह्न २:५५ बजे एअर इन्डियाबाट उहाँ फर्किंदा ठूलो मात्रामा स्वागत गर्ने तयारी भइरहेको छ ।
सात वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा मृगौला फेर्नुभएका ओलीलाई पछिल्लो पटक संक्रमणले सताएको थियो । राजधानीको ग्रान्डी अस्पतालमा दुई साता उपचार गर्दा पनि पूर्ण नियन्त्रणमा नआएपछि गत फागुन १८ गते उहाँ दिल्ली जानुभएको थियो । त्यहाँको साकेतस्थित म्याक्स अस्पतालमा डा. अनन्तकुमारले २७ दिनसम्म त्यहीँ भर्ना गरेर उहाँको उपचार गर्नुभएको थियो भने त्यसपछि १७ दिन उहाँ सुल्तानपुस्थित इम्पायर अपार्टमेन्टमा आराम गरेर चिकित्सकको निगरानीमा हुनुहुन्थ्यो । ‘फलो अप’ परीक्षणहरू सन्तोषजनक देखिएका कारण चिकित्सकहरूले उहाँलाई घर फर्किन अनुमति दिएका हुन् ।
तर, ओलीलाई धेरै दौडधुप नगर्न र आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । मिर्गाैला प्रत्यारोपण गरिसकेको बिरामीको शरीरको प्रतिरोध क्षमता कमजोर हुने भएकाले सानोतिनो रोगले पनि आक्रमण गरेपछि तुरुन्तै सञ्चो नहुने भएका कारण उहाँलाई धेरै जनसम्पर्कमा नरहन र कडा पथपहरेज गर्न उनीहरूले सुझाव दिएका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply