इमरान खानविरुद्ध अविश्वाश प्रस्तावमा मतदान हुँदै
२० चैत, काठमाडौं । पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलले ल्याएको अविश्वास प्रस्तावमा आइतबार अर्थात् आज मतदान हुँदै छ। विपक्षीहरूले प्रधानमन्त्री इमरान खानलाई आर्थिक अराजकताको आरोप लगाएका छन्।
प्रधानमन्त्री खानका लागि अगाडिको बाटो सजिलो नभएको विज्ञहरूले बताएका छन्।
एकातिर उनको विरोधमा प्रतिपक्ष उभिएको छ भने अर्कातिर आफ्नै पार्टीमा पनि धेरै नेता उनका विपक्षमा लागेका छन्।
स्थानीय समयानुसार अहिले बिहान साढे ११ बजे राष्ट्रिय सभाको बैठक सुरु हुनेछ र उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनेछ। सबै कुरा संविधानबमोजिम भयो र सभामुख तटस्थ रहे भने इमरानको सरकार ढल्ने निश्चित रहेको बताइएको छ।
पाकिस्तानमा अर्को आम निर्वाचन हुन अझै डेढ वर्ष बाँकी रहेका बेला इमरान खानले विपक्षीहरूले अमेरिकासँग मिलेर आफूलाई पदबाट हटाउन खोजेको दाबी गर्दै यसविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताएका छन्। तर उनको आरोपलाई विपक्षी र अमेरिकाले झुटो भनेका छन्।
इमरान खानले विश्वासको मत गुमाए भने लन्डनमा बसोबास गरिरहेका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज शरिफ आगामी प्रधानमन्त्री हुने विश्वास गरिएको छ।
शनिबार राति इमरानले पार्टीका सांसदहरूलाई आफ्नो घरमा बोलाए। जियो न्युजका अनुसार उनले बोलाएको बैठकमा १ सय ४० सांसद मात्रै पुगेका थिए। विपक्षी गठबन्धन (पाकिस्तान डेमोक्रेटिक फ्रन्ट वा पीडीएम) तर्फ भने सांसदको संख्या २ सय नाघेको छ। अर्थात् इमरान नेतृत्वको सरकार मतदानअघि नै अल्पमतमा परेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply