जनकपुरको फोहोर तत्काल उठाउन उच्च अदालतको आदेश
२४ चैत, काठमाडौं । उच्च अदालत जनकपुरले जनकपुरधाम उपमहानगरपालिकाको फोहोर तत्काल उठाउन आदेश दिएको छ ।
उपमहानगरपालिकामा लामो समयदेखि फोहोर नउठाइँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै परेको रिटमा उच्च अदालतले फोहोर मैला संकलन, व्यवस्थापन र सुरक्षित विसर्जन तत्काल गर्न आदेश दिएको हो ।
कामु मुख्य न्यायाधीश विनोद शर्माको इजलासले गरेको आदेशमा भनिएको छ, प्रस्तुत निवेदनपत्रको अन्तिम किनारा नलाग्दासम्म तत्काल विपक्षीहरुले जो जे सहकार्य, समन्वय गर्नुपर्ने हो गरी जनकपुरधाम उपमहानगरपालिकाको फोहोरमैला संकलन, व्यवस्थापन, सुरक्षित विसर्जनसमेतको कार्य तत्काल सुरु गर्नु गराउनु भनी विपक्षीहरुका नाउँमा …अन्तरिम आदेशसमेत जारी गरिदिएको छ ।
उपमहानगरको पिडारी चोक, रामनन्द चोक, जिरो माइल चोक, महावीर चोक बाह्रविघा भित्र, कदम चोक, दशरथ तलाउ चोक, हस्पिटल रोडसहित समग्र बजार क्षेत्रको सडक, पेटी र ढलमा फोहोर थुप्रिएको भन्दै कानुन व्यवसायी राकेशकुमार साहले उच्च अदालतमा रिट दिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply