टर्कीले बदल्यो आफ्नो नाम, अब तुर्किय भन्नुपर्ने
पश्चिम एसिया र दक्षिणपूर्वी युरोपमा अवस्थित मुलुक टर्कीले आफ्नो नाम फेरेको छ। अंकाराको औपचारिक आग्रहपछि अब संयुक्त राष्ट्रसंघमा सो मुलुकलाई तुर्किय भनिने छ।
सो मुलुकले अनेकौँ अन्तर्राष्ट्रिय संस्थाहरुलाई नाम परिवर्तनका लागि आग्रह गर्नेछ। राष्ट्रपति रेसेप तैयप एर्दोगानले गत वर्ष नाम फेरेर मुलुकलाई ‘रिब्रान्ड’ गर्ने अभियान सुरु गरेका थिए।
यहाँका जनताको संस्कृति, सभ्यता र मान्यतालाई सबैभन्दा उत्तम तरिकाले तुर्कियले प्रतिनिधित्व गर्छ, डिसेम्बरमा उनले भनेका थिए।
यसैसाता नाम परिवर्तनको आग्रह आएपछि सो परिवर्तन गरिएको राष्ट्रसंघले जनाएको छ।
धेरैजसो तुर्कहरुले आफ्नो मुलुकलाई तुर्किय नै भन्ने गर्छन्। तर, अंग्रेजीकरण भएको टर्की व्यापक प्रयोगमा छ।
सरकारी प्रसारक टीआरटीले गत वर्षदेखि नै नाम परिवर्तन गरिसकेको थियो। उसले नाम परिवर्तनको कारणमध्ये चरा टर्की र देशको नामबीच फरक नसुनिनु पनि भएको जनाएको थियो।
त्यस्तै, क्याम्ब्रिज शब्दकोशमा टर्कीको अर्थमा ‘नराम्ररी असफल’ वा ‘मूर्ख व्यक्ति’ भन्ने उल्लेख भएको भन्दै अर्को कारण दिइएको थियो।
कतिपयले भने यो प्रयास प्रभावकारी नहुने बताएका छन्।
२०२० मा नेदरल्यान्ड्सले आफूलाई ‘रिब्रान्डिङ’ गर्ने प्रयासमा हल्यान्ड नाम प्रयोग गर्न छाडेको थियो। त्यसअघि ग्रिससँगको विवादका कारण म्यासेडोनियाले नाम परिवर्तन गरी उत्तर म्यासेडोनिया बनाएको थियो।
२०१८ मा स्वाजिल्यान्डले नाम परिवर्तन गरेर एस्वातिनी राखेको थियो।
इरानलाई इतिहासमा पर्सिया भनिन्थ्यो, सियाम थाइल्यान्ड बन्यो भने रोडेसिया जिम्बाबे। बीबीसी
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply