हनिमुन पुरा हुने बेलाको निर्णय
बैशाख २५,काठमाडौं । हनिमून अवधी पुरा गर्न करिव दुई हप्ता मात्र बाँकि रहँदा प्रधानमन्त्री सुशील कोईराला नेतृत्वको सरकारले बल्ल एउटा देखिने काम गरेको छ । त्यो हो– राष्ट्रीय योजना आयोगको उपाध्यक्षमा प्रा डा गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा पोखरेलललाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेसको महासमिति सदस्य समेत रहेका पोखरेल बैकल्पिक उर्जा प्रबद्र्घन केन्द्रको कार्यकारी निर्देशक थिए । आफ्नो नीजि सचिवालय समेत गठन गर्न नसकेका कारण ‘सुस्त प्रधानमन्त्री’ भन्दै आफ्नै पार्टीभित्रवाट कोइरालाको व्यापक आलोचना हुने गरेको छ ।
यसअघि अर्थमन्त्रीले सरकारले जेठ मसान्तभित्रै नयाँ बजेट ल्याई असारमा पारित गर्ने तयारी गरेको बताए पनि राष्ट्रीय योजना आयोग नै खाली हुँदा त्यसमा विभिन्न आशंका गरिएका थिए । सरकारले संसद सचिवालसँगको परामर्समा आगामी जेठ ५ वाट बजेट अधिवेशन शुरु गर्ने तयारी गरिरहेको बुझिएको छ । बजेट अधिबेशन शुरु हुने समयको चापका कारण राष्ट्रीय योजना आयोगको उपाध्यक्ष को नियुक्ती गरिए पनि चाँडै पुर्णता दिनुपर्ने अन्य संबैधानिक आयोग, खाली रहेका १६ देशमा राजदूत नियुक्ती, प्रहरीको बढुवा लगायतका थुप्रै काम अझै अलपत्र छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply