मसल भएको अभिमन्यु हो एमाले : ओली
३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दललाई मसल भएको अभिमन्यु र सत्तारुढ दलहरुलाई कागजको बाघको संज्ञा दिएका छन् ।
माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियार लगायतलाई बिहीबार पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमालेलाई सहजै पराजित गर्न नसकेपछि गठबन्धन गरेर, अदालत गएर परमादेश जारी गराएको बताए ।
महाभारतमा चक्रव्यूह तोडेर भित्र पस्न जानेको, तर बाहिर निस्कन नजानेका कलिला अभिमन्युलाई कौरवका महारथीहरुले घेरेर हत्या गरेको प्रसंग सुनाउँदै ओलीले भने, आजको अभिमन्यु नेकपा एमाले, त्यसबेलाको जस्तो कलिलो अभिमन्यु होइन । यो त ठूला ठूला मसल भएको अभिमन्यु हो । यो चक्रव्यूह तोड्ने, भित्र पस्न र त्यहाँ फोडेर बाहिर निस्कन पनि जान्दछ ।
गठबन्धनमा आवद्ध दलहरुलाई भने कागजको बाघ मात्र भएको उनको दाबी छ । कोही पनि एमालेसँगै एक्लै लड्न तयार नभएको भन्दै ओलीले भने, ‘अहिले जसले आफूलाई महारथी भन्ने ठानेका छन्, तिनीहरु कागजका बाघ मात्र हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply