सहाना सिकिस्त
काठमाडौं । नेपाली कम्युनिस्ट तथा महिला आन्दोलनकी अग्रणी नेतृ सहाना प्रधान यतिबेला प्रतिकूल स्वास्थ्य समस्यासित जुधिरहनुभएको छ । गएको शुक्रबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बल्खुस्थित बयोधा हस्पिटलमा भर्ना भई उपचाररत हुनुहुन्छ । विगत तीन वर्षदेखि अस्वस्थ हुनुभएकी नेतृ प्रधान दुई वर्षयतादेखि गम्भीर बिमारी हुनुहुन्थ्यो ।
मस्तिष्कघात र निमोनियाको संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानको अहिलेसम्म होस खुल्न सकेको छैन । तर, उहाँमा देखिएको निमोनियाको समस्या भने केही कम हुँदै गएको चिकित्सकहरूले बताएका छन् । भर्ना भएदेखि नै उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । यसैबीच, नेतृ प्रधानको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ । उहाँको उपचारमा कुनै कमी हुन नदिने पनि सरकारले बताएको छ । गएको सोमबार प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले नेतृ प्रधानका छोरा उमेशलाल श्रेष्ठलाई भेटी सरकारको निर्णय सुनाउनुभएको थियो ।
यसैबीच, प्रधानमन्त्री सुशील कोइरालाले एक सन्देश पठाई नेतृ प्रधानको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । नेतृ प्रधानको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री वामदेव गौतम, स्वास्थ्यमन्त्री खगराज अधिकारीलगायतका नेताहरू जानुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकी पत्नी नेतृ प्रधानले नेपालको कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य योगदान दिनुभएको छ । ०४६ सालको संयुक्त जनआन्दोलनमा वाममोर्चाको अध्यक्ष रही उहाँले आन्दोलनको नेतृत्व हाँक्नुभएको थियो । बहुदल आएपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा उहाँले उद्योग तथा बाणिज्य मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । ०४८ को संसदीय निर्वाचनमा काठमाडौं–४ र ०५१ को मध्यावधि निर्वाचनमा उहाँ काठमाडौं–६ बाट निर्वाचित हुनुभएको थियो । गणतन्त्र स्थापना भएपछि गठन भएको पहिलो मन्त्रिपरिषद्मा उहाँले उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । विसं. १९८४ साल असार २७ गते काठमाडौंको असनमा जन्मिनुभएका प्रधानको पुष्पलाल श्रेष्ठ २०१०सालमा विवाहा भएको थियो ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply