सरकारमा सहभागिताबारे एकीकृत समाजवादीले आज निणर्य गर्ने

१७ पुष , काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज सरकारमा जाने वा नजानेबारे निणर्य गर्ने भएको छ । पार्टीको हिजो (शनिबार) को स्थायी कमिटी बैठकमा नेताहरूले बोल्ने क्रम शुरु भएको र सरकारबारे आज (आइतबार) निणर्य हुने बताइएको छ ।
एकीकृत समाजवादीमा सरकारमा जानेबारे पार्टीमा दुई थरी मत छन ।
एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन । सांसदहरु सरकारमा गएर पार्टीलाई बलियो बनाउनु पर्ने मत राख्दै आएका छन । तर, चुनाव हारेका र सांसद नरहेका नेताहरु भने सरकारमा नगई पार्टी निर्माणमा लाग्नुपर्ने मत राख्दै आएका छन ।
स्थायी कमिटी बैठकमा अध्यक्ष माधव नेपालले समयमा विचार नगर्दा राष्ट्रिय राजनीतिमा अप्रत्यासित घटना भएको भन्दै पार्टीले ठोस निणर्य गर्नुपर्ने बताएका थिए । एमाले अध्यक्षा केपी शर्मा ओलीसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’ प्रधानमन्त्री बनेपछि सरकारलाई दिने समर्थन र सहभागिताको विषयलाई टुंगो लगाउन बैठक बोलाइएको हो ।
एकीकृत समाजवादी पार्टी गत मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेको छैन । कतिपयले एकीकृत समाजवादीका नेतृत्वले पार्टी विघटनको औचित्य पुष्टि गर्न नसकेकाले यस्तो अवस्था आएको बताएका छन । एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मु ित, जनमत पार्टी रहेका छन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply