माधवको पक्षमा माहौल बढ्दै
असार २२,कठमाडौं । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा दिन दिनै अध्यक्षका प्रत्यासी माधवकुमार नेपालका पक्षमा माहौल बन्दै गएको छ । महाधिवेशनस्थलमै गत शुक्रवार अध्यक्षका अर्का प्रत्यासी केपी समूहका्र प्रतिनिधि पर्शुराम बस्नेतले देखाएको गुण्डागर्दीले ले पनि कतै नखुलेका प्रतिनिधि बिस्तारै नेता नेपालको पक्षमा खुल्न थालेका हुन् ।
नेपालको पक्षमा माहौल बढेपछि ओली समूहले आफ्ना कायशकर्ता नभड्किऊन भनेर गोयबल्स शैलीको प्रचारलाई बढाएको छ । सो समूहले कहिले फलानो जिल्ला अध्यक्ष र त कहिले पुरै जिल्ला कमिटी ओली पक्षमा आयो भनेर भ्रम सृजना गरिरहेको छ । प्रतिनिधिलाई विश्वास दिलाउन उक्त समूहले आफ्नै समूहका प्रतिनिधिलाई ‘फलानो ओली तिर’ भन्दै गोयबल्स प्रचार गरेको छ । ओली समूहले प्रचारमा ल्याएका कतिपय नाम प्रति सम्वन्धित प्रतिनिधिले आपत्ति समेत जनाएका छन् ।
यसैवीच नेपाललाई सर्वसम्मवत अध्यक्ष बनाउन नेताहरु वीच प्रयास शुरु भएको छ । हिजो होटल सोल्टीमा बसेको बैठकमा सहमति नजुटेपछि आज पनि शिर्ष नेताहरु वीच होटल सोल्टीमा सहमतिको प्रयास भईरहेको बुझिएको छ । बार्ताका लागि नेता नेपालले नै पहल गर्नु भएको थियो ।
त्यसैगरी, अहिले महाधिवेशनमा प्रस्तुत प्रतिबेदन माथि छलफल गर्न गठित समूहगत टोलीहरुले टोली नेता छान्ने काम भई रहेको छ । अहिले सम्म जेष्ठ कम्युनिष्ट मन्च, राप्ती, गण्डकी, महासंघ र कोशीले मात्र टोली नेता छानिसकेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply