एमालेले कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

१७ चैत, सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ ।
विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि शुक्रबार धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताए ।
सत्तापक्षको सिटमा बसेर विपक्षमा भोट हाल्न नमिल्ने भन्दै नेता कँडेलले भने, ‘सत्ता पक्षको कुर्सीमा बसेर विपक्षमा भोट हाल्न मिल्दैन । सरकारमा रहने या नरहने सरकारको नेतृत्व गरिरहेको पार्टीको भूमिकामा भर पर्छ ।’
सरकार अप्ठेरामा परे विश्वासको मत दिने बताएका कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई लक्षित गर्दै कँडेलले भने, भरिएर पोखिए पनि पोखिन्छ भनेर दिने भए दिए हुन्छ । तर हाम्रो समर्थन कायम नै छ । सरकार संकटमा छैन ।’
प्रदेश सभामा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेकाले एमाले माओवादी केन्द्रसँग मेलेर २७ पुसको सहमति अनुसार पाँचै वर्षका लागि जान तयार रहेको समेत स्पष्ट पारे ।
‘हाम्रो लक्ष विकास र समृद्धि हो । कुर्सी हैन। स्थिर सरकारका र विकासका लागि एमाले पुर्वसहमति अनुसार सत्तासाझेदार गर्न तयार छ’ कँडेलले भने ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
Leave a Reply