बारा- २ मा राजेन्द्र महतोको समर्थन उपेन्द्र यादवलाई

१९ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ ।
यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो ।
वरिष्ठ नेता महतोले आफ्नो पार्टीसमेत रहेको गठबन्धनको साझा उम्मेदवारलाई उपनिर्वाचनमा सघाउने बताए । ‘हाम्रो पार्टी समेत रहेको गठबन्धनको बैठकले उपेन्द्रजीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले नै उहाँको उम्मेदवारीलाई सघाउने भन्ने निर्णय गरिसकेपछि मैले त्यसको विरुद्ध हुने गरी निर्णय गर्ने कुरो आएन’, महतोले भने ।
उनले स्थानीय जनताको माग आफू बारा- २ बाट चुनाव लड्नुपर्छ भन्ने भए पनि पार्टी र गठबन्धनले यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू त्यसलाई मान्न तयार भएको उनको भनाइ छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply