बुद्धका मूर्ति, नगदसहित केही जिन्सी सामग्री चोरी गर्ने एक जना पक्राउ
४ जेठ, काठमाडौं । काभ्रेमा बुद्धका मूर्ति, नगदसहित केही जिन्सी सामग्री चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
बनेपा नगरपलिका-६ स्थित हरी चन्द्र पोखरेलको ‘हाई भ्यु रिसोर्ट होटल’मा रातको समयमा झ्याल फोडेर चोरी गरेको आरोपमा प्रहरीले २२ वर्षीय अमृत तामाङलाई पक्राउ गरेको हो ।
घटना यही जेठ १ गते राति भएको थियो । निवेदकले दिएको हुलियाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले २ गते राति ११ बजे धुलिखेल नगरपालिका-३ बाट तामाङलाई पक्राउ गरेको हो ।
होटल सञ्चालकका अनुसार यूएसए, यूरो, भियतनाम देशका विदेशी मुद्रा ५०००, भारतीय रुपैयाँ २० हजार, नेपाली नगद ५० हजार, विभिन्न साइजका बुद्धका मूर्तिहरु, दुई /दुई थान ल्याप्टप र आईप्याडलगायत सामान चोरी भएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तामाङसहित अन्य दुई जना पनि चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
तामाङको बयानका आधारमा चोरी भएको सामान प्रहरीले बनेपा-६ स्थित जंगलमा लुकाएको अवस्थामा बरामद गरेको छ ।
प्रहरीले पाल्देन लामाको मूर्ति थान-२, गुरु रेम्बोच्छेको मुर्ति थान-३, हरियो तारा भएको मूर्ति थान-१, मेडिसिन बुद्धको मूर्ति थान-१, सेतो ताराको मूर्ति थान-१, सरस्वतीको मूर्ति थान-१, लोकेश्वरको मूर्ति थान-१, लाफिङ्ग बुद्धको मूर्ति थान-१, तामाको पाताबाट बनेको माला तथा मालाका सामानहरु राख्ने सानो बाकस थान-१, विभिन्न किसिमका माला तथा माला बनाउन प्रयोग हुने सामानहरु बरामद गरेको छ ।
पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ को म्याद थप गराई अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply