बाबुरामकै घरभित्र झगडा
काठमाडौं । एकीकृत नेकपा माओवादीभित्र कति वटा गुट–उपगुट छन् भन्ने कुराको भेउ त्यही पार्टीका नेता–कार्यकर्ताले पनि पाउन छाडेका छन् । बाहिर–बाहिर अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई नेतृत्वका दुई वटा गुटका चर्चा हुने गरे पनि यी दुवै गुटभित्र रहेका उपगुटले चाहिँ यो पार्टीलाई विभाजनको डिलसम्म पुर्याएका छन् । एमाओवादीका एक नेताका अनुसार फुट्ने कुरामा त कुनै शंका नै छैन, तर माघ ८ मा संविधान जारी भएपछि कि त्योभन्दा पहिल्यै भन्ने मात्र हो ।
त्यसो त दाहाल गुटबाट हालै मात्र अर्को एउटा समूह अलग्गिएको छ । दाहाललाई साथ दिँदै आएका नेताहरू लीलामणि पोखरेल, लेखराज भट्ट, हेमन्तप्रकाश वलीलगायतका नेताहरूले छुट्टै विचार समूहको निर्माण गरेका छन् । एउटै समूहमा रहे पनि दाहाल समूहमा अझै पनि नेतापिच्छेका उपगुट त अस्तित्वमा थिए नै हुँदाहुँदै दाहालसँग एकताबद्घ भएर आन्तरिक संघर्ष चलाउँदै आएको भट्टराई समूहको घरभित्र पनि विवाद उत्पन्न्न भएको छ । यो समूहभित्रको विवाद चाहिँ पार्टी कहिले फुटाउने भन्नेमा केन्द्रित रहेको स्रोतले बतायो । यो विवादमा संविधानसभामा प्रतिनिधित्व गर्नेहरू एकातिर र संविधानसभा बाहिर रहेकाहरू अर्कोतिर रहेको बताइन्छ । समूहका नेता स्वयम् भट्टराई, टोपबहादुर रायमाझीलगायतका नेता संविधान निर्माण गरेर त्यसको पनि जस लिएर पार्टी विभाजन गर्नुपर्ने पक्षमा छन् भने बाहिर रहेका देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, कुमार पौडेललगायतका नेताहरूले दाहालको पेलान सहेर बस्न नसकिने भन्दै अहिल्यै पार्टी विभाजन गर्नुपर्नेमा जोड दिएको बताइन्छ ।
दोहोरो पेलान
एकातिर अध्यक्ष दाहालको पेलानले हैरान भएका भट्टराई यतिबेला आफ्नै समूहका नेताहरूको पनि पेलानमा छन् । स्रोतका अनुसार उनी संविधानसभाबाटै संविधान निर्माण गरेर मुलुकलाई निकास दिनुपर्ने पक्षमा छन् । संविधानसभाभित्र राजनीतिक संवाद तथा सहमतिको जिम्मेवारी पनि उनैमाथि छ । त्यही भएर संस्थापनले जति नै पेले पनि संविधान निर्माणअघि पार्टी फुटाउँदा संविधान निर्माणलाई असर पर्ने हुनाले पार्टी विभाजन नगर्ने पक्षमा छन् । तर, यो निचोडलाई संस्थापन पक्षले उनको कमजोरीका रूपमा लिएर झ्न–झ्न पेल्ने गरेको बताइन्छ । अर्कातिर आफ्नै समूहका नेताले समेत संविधान निर्माणसम्म दाहालको पेलान सहन नसकिने भन्दै लबिङ सुरु गरेपछि दोहोरो पेलानले हैरान भएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply