प्रज्ञा प्रतिष्ठानमा कसलाई के जिम्मा ?
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूको विभागीय जिम्मेवारी बाँडफाँट गरिएको छ । मंगलबार प्रतिष्ठानका कुलपति प्रा.गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको बैठकले प्राज्ञहरूलाई रुचि अनुसारको जिम्मेवारी दिएको हो ।
कुलपति उप्रेतीले समाजशास्त्र तथा मातृभाषा विभागको जिम्मेवारी आफूसँग राखेका छन् भने उपकुलपति डा.विष्णुविभू घिमिरेले संस्कृति विभाग पाएका छन् । यसैगरी अरुभन्दा बढी जनसम्पर्क र कामको चाप भएको मानिने काव्य विभाग प्रमुख अमर गिरी बनेका छन् भने आख्यान विभाग प्रमुखको जिम्मा मातृका पोखरेलले पाएका छन् । काव्य विभागले ‘कविता’ नामक त्रैमासिक पद्य पत्रिका निकाल्छ भने आख्यान विभागले ‘समकालीन साहित्य’ नामक गद्य पत्रिका निकाल्छ । मातृभाषा साहित्य विभाग प्रमुखमा श्रवण मुकारुङ, समालोचना विभाग प्रमुखमा डा.ज्ञानु पाण्डे, भाषा विभाग प्रमुखमा डा.हेमांगराज अधिकारी, दर्शनशास्त्र विभाग प्रमुखमा प्रा.दिनेशराज पन्त, अनुवाद विभागमा प्रा. डा.उषा ठाकुर र लोकवार्ता विभाग प्रमुखमा नर्मदेश्वरी सत्यालले जिम्मेवारी पाएका छन् ।
सदस्य–सचिव प्रा.डा.जीवेन्द्रदेव गिरीले भने कुनै विभाग लिएका छैनन् । दैनिक प्रशासनिक काम चलाउनुपर्ने भएको हुँदा उनले कुनै विभाग नलिएका हुन् । गत भदौ २२ गते प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञहरू नियुक्त भएका थिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply