भतिजा किरियामा, भान्जीलाई भोटको चिन्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधन भएको भर्खर आठ दिन पूरा भएको छ । उनको निधनमा पार्टी कार्यालयहरूमा अझै पनि पार्टीको झन्डा आधा झुकाइएको छ तर कोइराला निवास महाराजगन्जमा भने अहिले भोटको खेती भइरहेको छ ।
कोइराला निवासभित्र उनका दुई भतिजा अतुल र सुशांक दिवंगत काकाको किरिया बसेका छन् तर निवासबाहिरको माहोललाई पुरै आसन्न महाधिवेशनले छोएको छ । प्रधानमन्त्री हुँदा कोइरालको स्वकीय सचिव रहेकी मृदुला कोइरालाले अहिले कोइराला निवासमा प्रदर्शन गरेको व्यवहार देखेर त्यहाँ किरियापुत्री भेट्न जाने सबै कांग्ेरसका नेता तथा कार्यकर्ता छक्क पर्ने गरेका छन् । कोइराला नै भए पनि मृदुला नातामा सुशीलकी भान्जी हुन् । सुशील प्रधानमन्त्री हुँदा कांग्रेसका अरू नेता तथा कार्यकर्तालाई मृदुला रौंबराबर पनि गन्दिनथिन् । सुशीललाई भेट्न जाने कोही उनलाई मन नपरेको मान्छे छ भने भेट नै नगराई फर्काइदिन्थिन् । तर तिनै मृदुलाको व्यवहारमा अहिले आनतानको परिवर्तन आएको छ । किरयापुत्री भेट्न जानेहरू सबैको नाम टिप्ने, सन्चो बिसन्चो सोध्ने र फोन नम्बर टिपेर राख्ने काम सबै उनी आफैं गर्छिन् ।
स्वर्गीय कोइरालाको १३औं दिनको पुण्यतिथिको अवसर पारेर आगन्तुकहरूलाई बोलाउने प्रयोजनका लागि मृदुलाले सबैको नाम र सम्पर्क नम्बर लिएको अनुमान धेरैले लगाएका थिए । तर, यथार्थ बेग्लै रहेछ । कांग्रेसनिकट स्रोतका अनुसार मृदुलाको यो सबै गतिविधि आसन्न महाधिवेशनमा भोटका लागि गरिएको रहेछ । स्रोतका अनुसार उनी मोरङ क्षेत्र ५ बाट महाधिवेशन प्रतिनिधि बनेकी छन्, त्यो पनि सर्वसम्मत । आसन्न तेह्रौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा उठ्ने तयारीमा छिन् । कोइराला छउन्जेल उनकै नाममा चुनाव जित्ने सपना देखेकी थिइन् तर कोइरालाको निधनसँगै आफूलाई संरक्षण गर्ने कांग्रेसमा कोही नदेखेर उनले कार्यकर्ता तान्न किरियापुत्री घरलाई प्रयोग गरेको बताइन्छ । किरियापुत्री भेट्न जानेहरूको नाम र सम्पर्क नम्बर लिएपछि ‘सम्पर्कमा रहनुहोला है’ भन्दै मीठो बोलीले गेटबाहिरसम्म पुगेर बिदा गर्ने गरेको कांग्रेसकै एक महाधिवेशन प्रतिनिधिले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply