प्रधानमन्त्रीसँग पूर्वमन्त्रीको बिलौना

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सरुवाबढुवा, नियुक्ति, विकास परियोजना आदिसँग सम्बन्धित गुनासो लिएर सत्तारूढ दलका नेता–कार्यकताको भीड लाग्नु स्वाभाविक कुरा हो । यस्ता गुनासो लिएर आउने पार्टीका नेता–कार्यकर्ताको गुनासो सकेसम्म आफैंले सुनेर सम्झाइबुझाइ फर्काउने र प्रधानमन्त्रीसम्म पुर्याउनुपर्ने भए प्रधानमन्त्रीलाई भेट्टाउनमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारी अभ्यस्त भइसकेका छन् ।
तर केही दिनअघि सत्तारूढ दल राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी भिन्नै गुनासो लिएर प्रधानमन्त्री निवासमा छिरे । पञ्चायतकालदेखि नै पटकपटक मन्त्री हुँदै आएका त्यो तहका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको समय नै लिएर भेट्न आएपछि सचिवालयले नभेट्टाउने कुरै भएन । प्रधानमन्त्रीसमेत भइसकेका आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई त दुई घण्टा बाहिर कुराउने प्रधानमन्त्री ओलीले ती नेतालाई पनि लामो समय बाहिर कुराए । प्रधानमन्त्रीलाई कुर्दा पनि निकै छटपटिइरहेका लोहनीको खास समस्या के होला भन्ने कुराले सचिवालयका कर्मचारीलाई पनि कौतूहलता जगायो । उनीहरूलाई लागेको थियो, परराष्ट्र मन्त्रीसमेत भइसकेका नेता भएकाले पक्कै पनि प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे केही सुझाव दिन आएका होलान् । तर, जब लोहनीले प्रधानमन्त्री ओलीलाई भेटेपछि निजी गुनासो पोख्न थाले, नजिकै बसेका प्रधानमन्त्रीका स्वकीय सचिव नै आश्चर्यचकित भए । खासमा उनी प्रधानमन्त्रीकोमा धुम्बाराहीस्थित निवासमा डोजर चलाउन रोकिदिनुपर्यो भन्न गएका रहेछन् । सडकको मापदण्ड मिचेर
बनाएको घरको केही भाग भत्काउन महानगरपालिकाले लोहनीलाई निरन्तर पत्राचार गरेको थियो । ‘अहिले त घर भत्काउन डोजर नै पठाउने जानकारी गराएकाले यहाँ आएको’ भन्दै लोहनीले प्रधानमन्त्री ओलीसमक्ष डोजर रोकिदिन आग्रह गरेका थिए । यति भनेपछि प्रधानमन्त्रीले आफ्नो समस्या सल्टाउलान् भन्ने लोहनीलाई विश्वास थियो । तर आफ्नै सामुन्ने प्रधानमन्त्री ओलीले फर्काएको जवाफले लोहनी झन् मर्माहत हुन पुगेका थिए ।
लोहनीका कुरा सुनिसकेपछि प्रधानमन्त्रीले फर्काएको जवाफ सुनेर प्रमका सचिवालयका कर्मचारीसमेत पेट मिचीमिची हाँसेका थिए । लोहनीलाई प्रम ओलीको जवाफ थियो, ‘तपाईं त पटकपटक मन्त्री भइसकेको मान्छे, सडकको मापदण्ड मिचेर घर बनाउनुहुँदैन भन्ने त थाहा हुनुपर्ने । ल भइगयो, थाहा थिएन भने पनि घर बनाउने बेलामा सहरी विकास मन्त्रीलाई सोध्नुभएन ?’
प्रधानमन्त्री ओलीको कुरा सुनेर लोहनी मुर्मुरिँदै बालुवाटारबाट बाहिरिएका थिए । अहिले लोहनीको घरमा डोजर लागिसकेको छ । घरको केही भाग भत्काइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply