पोखरा विमानस्थलमा मुसा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते शिलान्यास गरेको पोखरा विमानस्थल चार वर्षमा पूरा गर्ने लक्ष्य राखिए पनि पूरा हुन कठिन देखिएको छ । पोखरा क्षेत्रीय विमानस्थलका प्रमुख तथा अन्तर्राष्ट्रिय विमानस्थल परियोजना प्रमुख प्रदीप अधिकारीका कारण प्रधानमन्त्री ओलीको वचन पूरा हुन समस्या देखिएको हो ।
आयोजना प्रमुख अधिकारीले मुसाले धानको भकारीमा प्वाल पारेजसरी विमानस्थलको बजेट सुरुदेखि नै विभिन्न बहानामा लामो हात गर्दै आयोजनाको लागत बढाउने काम गरिरहेको बताइन्छ ।
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिशचन्द्र लाल सुमनकै पालादेखि पोखरा बस्ने सौभाग्य पाएका उनले अहिलेका महानिर्देशक सञ्जीव गौतमलाई समेत रिझाएर त्यत्रो ठूलो परियोजनाको हर्ताकर्ता हुने अवसर पाएका छन् ।
तर, परियोजना सम्हाल्ने र राम्रो काम गर्नेभन्दा पनि उनको ध्यान कमिसनमै मात्र केन्द्रित हुन थालेको बताइन्छ ।
अधिकारीले सो आयोजनाका लागि साढे ३ सय रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा दिने बेलामा स्थानीयस“ग व्यापक कमिसन लिएको त्यतिबेलै चर्चा थियो भने अहिले आयोजनालाई अनावश्यक व्ययभार पार्न कार्यालयमा गाडी हुँदाहुँदै अर्को गाडी भाडामा लिएका छन् । साइट अवलोकनका लागि भन्दै भाडामा लिइएको बा७प २९८९ नम्बरको गाडीबाट आयोजनाको ७० लाख व्ययभार थपिएको बताइन्छ । त्यसो त उनले बा१अ १७७१ नम्बरको कार्यालयको गाडीमा समेत प्राइभेट नम्बरको रातो प्लेट राखेर हरेक दिन सा“झपख पोखराका डाँडाहरू र रेस्टुरेन्टमा रमझम गर्न निस्कने गरेको प्रत्यक्षदर्शीले बताए ।
त्यति मात्र होइन, ढल निकास र नाला खन्ने क्रममा अनावश्यक ठाउँमा खन्न लगाएका र त्यसबापत दोहोरो खर्च भएको छ । विमानस्थल परिसरमा रहेको ग्यारेज भत्काउन लगाएर त्यहाँ भएका काठ तथा जस्तापाता सीधै जिन्सीमा लगत राख्नुपर्नेमा ठेकेदारलाई प्रयोग गर्न दिएर ठेकेदारबाट कमिसन खाएको बताइन्छ ।
सानोभन्दा सानो काममा पनि आफ्नो भाग कमिसन खोज्ने उनको प्रवृत्तिका कारण ठेकेदारहरू पनि उनीदेखि हैरान भएको बताइन्छ ।
जुन पार्टी आयो सोही पार्टीको रङ फेर्न सिपालु गौतमले नाकाबन्दीको बेला मन्त्री भएलगत्तै पोखरा पुगेका पर्यटनमन्त्री आनन्द पोखरेललाई इन्धन अभावका बेला दुईवटा गाडीमा फुल ट्यांकी इन्धन हालिदिएका थिए । अचेल उनले मन्त्रीलाई समेत मैले त्यस्तो अभावको बेला तेल हालिदिएकाले मन्त्रीले छुन सक्दैनन् भन्दै साथीभाइसँग भन्ने गरेका छन् ।
त्यसो त ११औं तहको कर्मचारी जानुपर्ने सो स्थानमा केही महिनाअघि मात्र १० तहमा बढुवा भएका उनको हालिमुहाली देखेर अन्य वरिष्ठ कर्मचारीहरू छक्क परेका छन् । मुगुको प्रमुख रहँदा विमानस्थलमा व्यापक अनियमितता गरेको भनेर कर्मचारीहरूबाट लखेटिएपछि त्यहाँ जानै नसकेका उनी महानिर्देशक गौतमलाई समेत बेलाबेलामा भेटीघाटी बुझाउने गर्छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply