काठमाडौं नछाड्न एमाले सांसदलाई निर्देशन
काठमाडौं । एमालेले आफ्ना सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रम तथा बजेट आउनुअघि काठमाडौं नछाड्न निर्देशन दिएको छ । हिजो बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दलको नेतासमेत रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उक्त निर्देशन दिएका हुन् ।
बैठकमा ओलीले सरकार परिवर्तन गर्न विपक्षीहरूले चलखेल सरु गरेको बताएका थिए । संसद्मा विपक्षीहरू आक्रामक ढंगले आउन लागेको कुरा उल्लेख गर्दै ओलीले विपक्षीले संसद्मा उठाउने हरेक विषयको प्रभावकारी रूपमा जवाफ दिने गरि तयारी गर्नुपर्ने बताएका थिए । ‘सरकार परिवर्तन गर्न अहिले दौडधुप चलिरहेको छ, कसरतहरू भइरहेका छन्,’ ओलीले भने, ‘तर, हाम्रो ध्यान बजेटमा छ । सरकार छाड्नुपरे पनि केही छैन, तर ल्याउन पायौं भने हामी राम्रो नीति तथा कार्यक्रम ल्याउ“छौं, राम्रो बजेट ल्याउ“छौं । अहिले तयारी पनि त्यसैमा गरिरहेका छौं ।’
‘बजेट अवधिभर कोही सभासद् पनि विदेश नजानुस्, विशेष परिस्थितिबाहेक जिल्ला पनि कोही नजानुस्, ओलीले भने, ‘विपक्षीहरू आक्रामक ढंगले आएका छन्, बजेट ल्याउन दिन पनि सक्छन्, नदिन पनि सक्छन् ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply