उधारो अध्यक्षको लोभले फुट्ने भयो माओवादी
काठमाडौं । अध्यक्षको उधारो आश्वासन एक वर्षसम्म पनि पूरा नभएपछि डा. बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेको आठ महिना नबित्दै एमाओवादीमा फेरि उधारो अध्यक्ष पदको चर्चा सुरु भएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा महासचिव रामबहादुर थापालाई प्रचण्डपछिको अध्यक्ष बनाउने भन्दै एमाओवादीमा भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको छ । उधारो अध्यक्षको आश्वासन पाएपछि थापाले वैद्य नेतृत्वको माओवादी फेरि फुटाउने भएका छन् । यसअघि नेत्रविक्रम चन्दले विभाजन गरिसकेको यो पार्टी एमाओवादीमा एकताको नाममा फेरि विभाजन हुन लागेको हो । थापालाई भूमिगत कालदेखि नै सघाउँदै आएका पम्पा भुसाल, हितमान शाक्य, देव गुरुङ, कुलप्रसाद केसी, रामदीप आचार्य, महेश्वर दाहालहरू अहिले पनि पार्टी एकता गर्ने दाहालकै लाइनमा छन् । उनीहरू अहिले एकताको पक्षमा केन्द्रीय कमिटीमा बहुमत पुर्याउन हस्ताक्षर जुटाउँदै हिँडेका छन् ।
एमाओवादीका एक नेताका अनुसार बादल अब एमाओवादीमा आउने र वैद्य माओवादी फुट्ने निश्चित भइसकेको छ । ती नेताले भने, ‘बादललाई प्रचण्डपछिको अध्यक्ष दिने गरी एकता हुन लागेको हो । तर, एकतामा ढिलाइ हुनाको पछाडि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात रहेको पनि उनले बताए । अहिले वादललाई दोस्रो वरीयतामा राख्ने र प्रचण्डपछि अध्यक्ष बनाउने भन्ने कुरामा काजी असन्तुष्ट रहेको ती नेताको दाबी छ । उनले भने– ‘एकताका नाममा आएर राइदाइँ गरेका ‘चैतेहरूलाई तह लगाउन पनि बादललाई प्रचण्डपछिको नेता बनाउन जरुरी छ, काजीले पनि बादललाई नस्विकरी धर छैन । तर, प्रचण्डले बाबुरामलाई जस्तै उधारो अध्यक्ष दिएर खेलाइरहने हुन् कि भन्ने आशंका बादलले गरेका छन् । त्यही भएर लिखित सहमति गरेर मात्र एमाओवादीमा फर्कने बादल समूहले एमाओवादीका शीर्ष नेताहरूलाई बताइरहेका छन् । सकेसम्म भद्र सहमतिकै आधारमा मनाउन र नमाने लिखित सहमति गरेर भए पनि बादललाई उमाओवादीमा ल्याउन एमाओवादीका दोस्रो तहका नेता क्रियाशील छन् ।
अध्यक्षको लोभमा बादल एमाओवादीमा जाने भए पनि बैद्य, सीपी गजुरेल तथा पछि एकता प्रक्रियाबाट आएका परि थापालगायतका नेताहरू एकताको विपक्षमा टस न मस छन् । बरु, विप्लवसँग एकता गर्नुपर्ने तर एमाओवादीसँग एकता गर्न नहुने उनीहरूको अडान छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
Leave a Reply