कांग्रेस संसदीय दलमा को–को ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले केही दिनभित्रै संसदीय दललाई पूर्णता दिने भएका छन् । सभापति निर्वाचित भएको दुई महिना नाघिसक्दा पनि विधानअनुसार पार्टीको पदाधिकारी नियुक्त गर्न नसकेका देउवाले दललाई भने सम्भवत आजै पूर्णता दिने तयारी गरेको बुझिएको छ ।
संसदीय दलमा उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गर्न बााकी छ । यसअघि सुशील कोइराला दलको नेता हुादा उनले उपनेतामा प्रकाशमान सिंह, प्रमुख सचेतकमा चीनकाजी श्रेष्ठ र सचेतकमा ईश्वरी न्यौपानेलाई नियुक्त गरेका थिए । दलको नेता परिवर्तन हुनासाथ ती नियुक्तिहरू पनि परिवर्तन हुन्छन् । देउवाले उपनेतामा गोपालमान श्रेष्ठलाई नियुक्त गर्ने बुझिएको छ । सधंैभर देउवालाई सघाउादै आएका उनी पार्टी विभाजनका बेला प्रजातान्त्रिक कांग्रेसको उपसभापति थिए । पछि पार्टी एकता भएपछि पनि उनी उपसभापति नै थिए । प्रमुख सचेतक कसलाई बनाउने भन्नेमा भने टुंगो लागिनसकेको स्रोतले बतायो । स्रोतका अनुसार देउवाको चाहना रमेश लेखकलाई प्रमुख सचेतक बनाउने छ, तर लेखकले मानिरहेका छैनन् । लेखकले पार्टी प्रवक्ताको चाहना गरेको बुझिएको छ । अन्तिम समयसम्म पनि लेखकलाई प्रमुख सचेतक बन्न आग्रह गर्ने तर उनी नमानेमा तनहुाका ध्रुव वाग्लेलाई बनाउने देउवाको रणनीति रहेको छ । यो अवस्थामा सचेतक पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादव र सरिता प्रसाईंमध्ये एकलाई बनाउने बुझिएको छ । यादव र प्रसाईं दुवै रामचन्द्र पौडेल समूहका हुन् । तर, लेखकले प्रमुख सचेतक बस्न स्विकारेमा धु्रव वाग्लेलाई नै सचेतक बनाउने देउवाको तयारी रहेको स्रोतले बतायो । दुई कार्यकाल तनहुाको सभापति भएका वाग्ले यसपटक प्रत्यक्षतर्फबाट निर्वाचित हुन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply