६ सय नेताको नाम वर्षमानको खल्तीमा
काठमाडौं । एमाओवादी र नेकपा माओवादी एकीकरण गरेर बनेको नेकपा माओवादी केन्द्रमा १ हजार ९९ जनाको जम्बो केन्द्रीय महाधिवेशन आयोजक समिति बनेको छ । तर, माओवादीभित्र आश्चर्यको स्थिति के देखिएको छ भने एकीकरण भएको करिब एक महिना पुग्न लाग्दासमेत आयोजक समितिमा परेका करिब ६ सय जनाको नाम अझै केन्द्रीय कार्यालयको अभिलेखमा भेटिादैन ।
प्रचण्ड माओवादी र बादल नेतृत्वको माओवादीको केन्द्रमा रहेका केन्द्रीय सदस्यहरूको नाम एकीकरणपछि माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा अभिलेख रहे पनि बाँकी आयोजक समिति सदस्यको नाम ‘गुमनाम’ राखिएको छ । त्यसो त ती नाम आयोजक समिति गठनका लागि बनाइएको कार्यदल सदस्यद्वय वर्षमान पुन र देव गुरुङको खल्तीमा मात्रै रहेको माओवादीकै नेताहरूले टिप्पणी गर्न थालेका छन् । पार्टी हेर्डक्वार्टर बैठकमा नाम अनुमोदन भए पनि शीर्षस्थ नेताहरूलाई नै को–को केन्द्रीय महाधिवेशन आयोजक समितिमा छन् भन्ने ख्याल छैन ।
पछि थपिएका ६ सयजनाको नाम दुई नेताको खल्तीभित्रै सीमिति रहेका बेला सामाजिक सञ्जालहरूमा माओवादीको आयोजक समितिलाई खिल्ली उडाउनेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । ‘कतै तपाईं कोटेश्वरतिर त हुनुहुन्न, बाटामा हिँड्दा–हिँड्दै पाखुरामा समाएर केन्द्रीय सदस्य बन्नुपर्यो भन्दा आपत्मा पर्नुहोला…’ सामाजिक सञ्जालहरूमा यस्ता टिप्पणी प्रशस्तै पाइन थालेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply