महानगरमा गोलमाल गर्ने को–को ?
काठमाडौं । काठमाडौं महानगरपालिका लामो समययता भ्रष्टाचारको अखडाका रूपमा परिणत हुन पुगेको छ । महानगरमा भएको अनियमितताका सन्दर्भमा पटकपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे पनि अन्तत: त्यसलाई गोलमाल पार्ने र निर्दोष साबित गर्ने गरिएको बताइन्छ ।
महानगरमा आर्थिक वर्ष ०७१/७२ मा भ्याटबाहेक ५४ करोड ४० लाख रुपैयाा बराबरको खरिद कार्य भएको छ । लागत अनुमान ६६ करोड रुपैयाा रहेको थियो । समीक्षा अवधिमा कुल १ सय ३६ वटा सम्झौता भएका थिए । त्यसमध्ये ९० वटा निर्माणसम्बन्धी, ४२ वटा मालसामानसम्बन्धी र चारवटा परामर्श/अन्य सेवाका रहेका छन् । त्यसैगरी, खरिद योजनाबमोजिम बोलपत्र कारबाही तोकिएको समयावधिमा सम्पन्न गर्न लागत अनुमान तथा कार्यक्रम समयमै स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसो नगरी आफू निकट र बढी कमिसन पाउने ठेकेदार कम्पनीहरूलाई सेटिङ मिलाएर निर्माणको ठेक्का दिने गरिएको बताइन्छ ।
यस कार्यमा निर्माण विभाग प्रमुख उत्तर रेग्मी, प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की, लेखा प्रमुख नूरनिधि न्यौपाने र नासुबाट केही अघि मात्र बढुवा भएका उठ्ती कार्यका नाइके श्याम पाण्डे संलग्न रहने गरेको थाहा भएको छ । त्यसो त पाण्डेले नै ठेकेदारहरूसाग रकम उठाएर तलदेखि माथिसम्म बााड्ने गरेको महानगरका कर्मचारीबीचमा चर्चा छ ।
लामो समयदेखि निर्माण विभागमा बसेका पाण्डेले नै कार्यकारी र ठेकेदारसम्म सेतुका रूपमा काम गर्ने गरेका छन् । भर्खरै समाप्त भएको आर्थिक वर्षमा त महानगरकै इतिहासमा सबैभन्दा बढी ठेक्का सम्पन्न भएका छन् । भएभरका बजेट परिचालन गर्ने र आवश्यक कमिसन लिने काममा विभागीय प्रमुख रेग्मी पनि अब्बल मानिन्छन् । उनले यसअघि पनि यूएनडीपीको परियोजनाको बजेट हिनामिना गरेको बताइन्छ ।
सेटिङकै कारण महानगरका ठेक्का प्रायश अशोकभक्त श्रेष्ठ, सूर्य तामाङ र ओङ्चु लामाले पाउने गरेका छन् । त्यसमध्ये श्रेष्ठ के एन्ड केडी निर्माण सेवा, तामाङ सिद्धार्थ कन्ट्रक्सन प्रालि र लामा बिरुवा कन्ट्रक्सन प्रालिका प्रोपाइटर हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply