ऊर्जामन्त्री र राज्यमन्त्रीले गरे प्राधिकरणको गाडी दुरुपयोग
काठमाडौं । नयाँ मन्त्री आएपछि नेपाल विद्युत् प्राधिकरणका मूल्यवान् गाडीहरू कब्जामा लिने र दुरुपयोग गर्ने चलन पहिलेदेखि नै चल्दै आएको हो । पूर्ववर्ति केही मन्त्रीहरूबाट गाडी दुरुपयोग गर्ने क्रममा केही कमी आए पनि अहिलेका ऊर्जामन्त्री र राज्यमन्त्रीले भने प्राधिकरणअन्तर्गत विभिन्न जलविद्युत् आयोजनाहरूका मूल्यवान् गाडी दुरुपयोग गर्ने काममा तीव्रता दिएका छन् ।
रमाइलो कुरा त के छ भने वर्तमान ऊर्जामन्त्री जनार्दन शर्माले भन्दा राज्यमन्त्री सत्यनारायण भगतले प्राधिकरणका दुईवटा महँगो मूल्य पर्ने गाडी चढिरहेका छन् । राज्यमन्त्रीमा नियुक्त हुनेबित्तिकै भगतले प्राधिकरणको उच्च तहको कर्मचारीलाई दबाब दिएर बा६च १००९ नम्बरको गाडी झिकाएर चढ्न थालेका हुन् । राज्यमन्त्रीले अहिले चढिरहेको गाडीलाई करिब अढाई करोड रुपैयाँ पर्ने जनाइन्छ । त्यस्तै, राज्यमन्त्री भगतले प्राधिकरणकै बा१ञ ३२२१ नम्बरको स्कोर्पियो पनि प्रयोग गरिरहेका छन् । उक्त गाडी उनले कार्यकर्ता र आफन्तहरूको काममा प्रयोग गर्दै आएका छन् ।
ऊर्जामन्त्री शर्माले भने प्राधिकरणको बा१३च ५७९३ नम्बरको गाडी चढिरहेका छन् । सो गाडीको मूल्य करिब डेढ करोड पर्ने जनाइन्छ । त्यस्तै, मन्त्री शर्माको सचिवालयले भने बा३च ४०५२ नम्बरको गाडी प्रयोग गरिरहेको छ । यसबाहेक ट्रान्समिसन आयोजनाका गाडीहरू पनि बेलाबेला झिकाएर मन्त्रीको सचिवालयले प्रयोग गर्दै आइरहेको छ ।
प्राधिकरणका गाडीहरू उपत्यकाबाहिर जाँदा पनि व्यापक दुरुपयोग हुने गरेको पाइएको छ । मन्त्री र राज्य मन्त्रीको सचिवालयले उपत्यका बाहिर गाडी लैजाँदा चालकको भ्रमण भत्ता, सबै इन्धन खर्च पनि प्राधिकरणले नै बेहोर्दै आएको छ । कतिपय बेलामा त इन्धनचाहिँ प्राधिकरण र मन्त्रालय दुवैतिरबाट लिएको पनि पाइएको छ ।
पूर्ववर्ती ऊर्जामन्त्रीहरू टोपबहादुर रायमाझीले भने दुईवटा र राधा ज्ञवालीले भने एउटा मात्रै गाडी प्राधिकरणबाट झिकाएर चढेका थिए । तर, अहिलेका मन्त्री र राज्यमन्त्रीले भने पाँच वटाभन्दा बढी नै प्राधिकरणको गाडी प्रयोग गरेर दुरुपयोग गरेपछि अहिले त्यसको प्राधिकरणभित्रै तीव्र रूपमा विरोध हुन थालेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply